अनमी पढ्दै मुक्त कमलरी


दुःखीको सेवा गर्ने संकल्प

प्रकाशित मिति :2016-06-02 12:52:47

वाल्यकालमै मालिकको घरमा काम गर्न बाध्य मुक्त कमलरीहरू अहिले दोलखाको जिरीमा रहेको प्राविधिक शिक्षालयमा अनमी पढिरहेको छन् । पढेर उनीहरूले आफूजस्तै दुःखीको सेवा गर्ने संकल्प गरेका छन् ।

सर्मिला बुढाथोकी

????????????????????????????????????

दोलखा । निकै कष्टसाध्य दिनचर्या थिए ती ! बर्दियाकी मुक्त कमलरी कृष्णा चौधरी विगत सम्झन चाहन्नन् । अहिले उनी दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा रहेका जिरी प्राविधिक शिक्षालयमा अनमी पढिरहेकी छन् ।

उमेर २० वर्ष, जीवन कहिले खुशी, कहिले पीडा अनि सपनाको संसार पनि हो जीवन । उनले यही उमेरमा यी सवै भोगिन् र बुझिन् । आफ्नो बाल्यकाल मालिकको घरमा काम गरेरै बित्यो । उनले त्यो जीवन पशुतुल्य  बाँचिन । अनि अहिलेको यो खुला परिवेशको स्वतन्त्र र बिचारले सम्पन्न जीवन । साँच्चै सपना जस्तै लागेको छ उनलाई । यसैले त सिकायो उनलाई जीवनको मुल्य, अर्थ र तय गरेकी छन् जीवनको लक्ष्य !
अरुको घरमा कमलरी बस्दाको त्यो क्षण चाहेर पनि भुल्न सक्दिनन् उनले । कुकुरलाई जस्तै व्यवहार गरिन्थ्यो, खाने थाल पनि फरक, विगत सम्झिईन् उनले र भनिन् – अहिले आफूले चाहेको स्वास्थ्य विषय पढेर स्वतन्त्रता पूर्वक हिँड्दा सपना जस्तै लागिरहेको छ ।

‘मैले अरुको घरमा कमलरी बस्दा धेरै पीडा सहेकी छु, धेरै दुःख झेलेको छु अब म रोजगारीमा लागेपछि गरिब दुःखीको सेवा गर्छु’ – आफ्नो लक्ष्यबारे कृष्णाले भनिन् ।

कमलरी जीवनबाट छुट्कारा पाएपछि सुदूर तथा मध्य पश्चिमका मुक्त कमलरी दोलखास्थित जिरी प्राविधिक शिक्षालयमा स्वास्थ्यकर्मी बन्ने अभिलासा लिएर अध्ययन गरिरहेका छन् ।

आर्थिक अभावले जेलिएर रोजीरोटीका लागि बेचिएसरह जीवन निर्वाह गरेका सुदूरपश्मि तथा मध्यपश्मिका विशेषतः थारु समुदायका यी किशोरी  स्वास्थ्यकर्मी बनेर आफ्नै समुदायको सेवा गर्ने अभिलाषासहित सुन्दर  जिरीको प्राविधिक शिक्षालय आईपुगेका हुन् ।

जिरी प्राविधिक शिक्षालयमा सञ्चालित २९ महिने अनमी कोर्षका लागि दाङ, बाँके, बर्दिया, कञ्चनपुुर र कैलालीका ४० जना मुक्त कमलरी अध्ययनरत छन् । उनीहरू मध्यकै एक हुन् कृष्णा चौधरी । स्वास्थ्यकर्मी बनेपछि गरिव दुः खीको निःशुल्क उपचार गर्ने र आफ्नो घर गाँउमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने उनको चाहना छ ।

कैलालीकी विना चौधरी पनि जिरीमै छिन् अनमी कोर्षको लागि । उनको  विगतपनि कृष्णाको भन्दा खासै भिन्न छैन । मानिससँग बोल्न समेत डराउने विनाको जीवनशैली र बोलीचाली फेरिएको छ जिरीको बसाईंमा ।

ढिला गरी पढ्न सुरु गरेकी विनाको चाहना पहिले देखि नै स्वास्थ्यकर्मी बनेर गरिब दुःखीको सेवा गर्ने थियो, जुन अब चाँडै पुरा हुँदैछ । पैसाका लागि त धेरैले पढेका छन्, काम गरेका छन्, तर म दिन दुःखीको सेवा गर्न पढ्दै छु – विनाले निर्धक्क भनिन् ।

पैसा पनि आवश्यक होला बाँच्नको लागि, तर सम्मानपूर्वक बाँच्न त अध्यननै चाहिने रहेछ – समाजले हेर्ने दृष्टिकोणमा समेत अन्तर पाएकी विनाले भनिन् । विगतमा कमलरी बस्दा मानिसले गर्ने व्यवहार र अहिले मानिसले गर्ने व्यवहारमा आकाश जमिनको फरक पाएकी छन् विनाले ।

1958574_10202299576945552_185647976_n

नेपाल  युथ फाउन्डेशन नामक सँस्थाको आर्थिक सहयोगमा अध्ययनरत कृष्णा, विना जस्ता कमलरी कुशल स्वास्थ्यकर्मी बन्न सक्दो मेहनत गरिरहेका छन् । उनीहरूको अध्ययन लगभग पुरा भएको र सबै अब्बल रहेका शिक्षालयका सहायक प्रिन्सिपल गोपाल जिरेलले बताउनुभयो ।

कमलरी बस्दा विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म निरन्तर  काममा जोतिनुपर्ने बाध्यताले गर्दा मुक्त कमलरीले ३ देखि ६ कक्षादेखिमात्र औपचारिक शिक्षा शुरु गरेको बताउँछन् ।
एसएलसी अनुत्तिर्ण ४० जना कमलरीहरुको औपचारिक शिक्षा ढिला गरि शुरु भएकाले पढ्न त्यती सहज नभएको अनुभव छ ।

पढ्न रुचि राखेपनि पृष्ठभुमी कमजोर भएकाले उनीहरूलाई सुरु सुरुमा अलि असहज भएपनि अहिले निक्कै अब्बल ठहरिएको जिरी प्राबिधिक शिक्षालयका  सहायक प्रिन्सिपल जिरेलले बताउनुभयो । उनीहरू अहिले कार्यगत अभ्यास (ओजेटी)का लागि आ—आफ्ना गृह जिल्ला गएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: