मजदुरलाई के को अधिकार


प्रकाशित मिति :2016-06-02 16:26:47

महिला खबर
सिन्धुपाल्चोक । महिला तथा वालवालिका कार्यालयमा महिला माथि हुने हिंसा, दुव्र्यवहार, महिला सहभागिता, समान अवसर तथा अधिकार र महिला शसक्तिकरण वारेको वहस चलिरहेको छ । जिल्ला वाल भेला हुने वारे आयोजक समिती र उप समितीको वैठक चलिरहेको छ ।
IMG_20160601_145810 copy
यी दुवै कार्यक्रममा महिला तथा वालवालिका कार्यालयकी अधिकृतसहित जिल्लाका उच्चस्तरका कर्मचारी, महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने सवै सरोकारवाला उपस्थित छन् ।  तर कार्यालयसँगै सोही कार्यालयको वन्दै गरेको अर्को भवनमा चर्को घामको पर्वाह नगरी पुरुष कामदार सँगै मजदुरी गरिरहेका छन् महिला ।

चौताराकी मीना घले महिला तथा वालवालिका कार्यालयको नयाँ भवन वनाउन मजदुरी गर्न थालेको एक हप्ता वितिसक्यो । तर  उनलाई सँगै रहेको र वन्दै गरेको कार्यालय वारे कुनै अत्तोपात्तो छैन । ३० वर्षीया घलेलाई आफूमाथि कसैले हिंसा गर्‍यो भने उजुर गर्न अथवा न्यायिक पहुँचकालागि कुन निकायमा जाने भन्ने जानकारी पनि छैन ।

IMG_20160601_144742

‘हामीलाई काम चाहिन्छ, काम भए दाम हुन्छ । कस्को काम भन्ने जानेर के फाईदा ?’ उनी भन्छिन्, ‘लाउन खान पुर्‍याउनै गाह्रो छ, अधिकारको वारेमा न कसैले वुझाएको छ, न त वुझ्ने फुर्सद नै छ ?’

चौतारा ५ कै निर्मला घले मीनाकै साथी हुन् । उनीहरू सँधै झैँ सँगै मजदुरीमा निस्कन्छन् । मीना जस्तै निर्मला पनि कुनै रहरले मजदुरीमा हिँडेकी होईनन् । हातमुख जोड्नकै लागि मजदुरीमा लागेकी हुन् उनी । ‘आम्दामीको कुनै स्रोत छैन ।’ उनी भन्छिन्, ‘एक जनाको कमाईले परिवार चलाउन पुग्दैन । अरु सीप छैन, त्यसैले यस्तै काम गरेको ।’ उनले आफूलाई पनि अधिकार के हो, हिंसा भए न्यायका लागि कहा जाने केही थाहा छैन न त यस्ता कार्यक्रममा जाने फुर्सद ।

दैनिक मजदुरी गरेर खाने यो वर्ग मुलपर्वाहमा भइरहेका सम्पुर्ण कुराबाट अलग छ जसलाई समेट्नुपर्ने जरुरी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: