महिला खबर
धरान। धरानमा अपाङ्गता भएकी महिलालाई वलात्कार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जेठ १४ गते राती ४५ वर्षीया बोल्न नसक्ने महिलामाथि जर्वजस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली घर भई हाल धरान–२३ बस्ने जंगबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरको हो।
घरमा कोही नभएको मौका छोपेर लिम्बूले बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो।
लिम्बूले मादक पदार्थ सेवन गरेको झोकमा जर्वजस्ती गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। उनलाई जर्वजस्ती करणी महल अनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
शारीरिक अपाङ्गता भएका महिलालाई करणी गरेमा मुलुकी ऐन २०२० को जर्वजस्ती करणी महल अनुसार थप ५ वर्ष सजाय हुने व्यवस्था रहेको छ। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको धरान प्रहरीले जनाएको छ।
Comment Here!