महिला खबर
काठमाडौँ । उपप्रधान तथा महला बालालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशहरुको सामूहिक प्रतिबद्धताको खाँचो औल्याउनुभएको छ ।
दक्षिण एसियाका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलगायत दक्षिण एसियाका मानवअधिकारवादी संस्थाको आयोजनामा भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय गोष्ठीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले दक्षिण एसियाली कै मुख्य समस्याका रुपमा रहेको बालविवाहलगायत सामूहिक समस्यासँग जुध्न ऐक्यबद्धताको खाँचो औँल्याउनुभएको हो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक पहल गर्न गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा सार्कसम्बद्ध आठ राष्ट्रका ७४ मानवअधिकारकर्मी तथा बालअधिकारकर्मीको सहभागिता थियो ।
Comment Here!