अधिवेशनकाे मिति ताेक्न नेवी संघअावद्ध महिलाले दिए दवाव
एक तिहाइ महिला सहभागिताकाे माग
महिला खबर

फाइल तस्बिर : प्रतिमा गाैतम
काठमाडाैं । नेपाल विद्यार्थी संघआवद्ध महिलाले संघ अधिवेशनको मिति छिटो तय गर्न माग गरेका छन्। बिहीवार काठमाडौंमा भेलाको आयोजना गरी उनीहरूले लामो समयसम्म संघको अधिवेशन नहुँदा संगठन सक्रिय हुन नसकेको र यसले विदार्थीका हक हितमा आवाज उठाउन नसकिएको भन्दै छिटो अधिवेशन गर्न माग गरेका हुन् ।
उनीहरूले अवको नेवी संघको हरेक संरचनामा कम्तिमा एक तिहाइ महिला सहभागी गराउने र त्यसै अनुसारको विधान संशोधन हुनुपर्ने माग पनि राखेको छन्। यसका लागि आफूहरूले नेवी संघलगायत पार्टीका नेताहरूलाई भेटेर छलफल गरिरहेको नेता प्रतिमा गौतमले बताउनुभयो।
उहाँले भन्नुभयो ‘हाम्रो माग त ५१ प्रतिशत सहभागिताको हो, तर अहिलेलाई संविधानले सुनिश्चित गरेको कम्तिमा एक तिहाइ हुनपर्छ भन्ने हो।’ साथै आफूहरूले आन्तरिक समितिहरूलाई पनि यस्तो सुझाव दिइरहेको जानकारी गौतमले दिनुभयो।
लामो समयसम्म नेविसङ्घ अधिवेशन हुन नसकेको र अब हुन लागेको अधिवेशनमा धेरै महिलालाई समेट्न विधानलाई छात्रामैत्री बनाउन नेतृत्वलाई आग्रह गरिएको उहाँको भनाइ थियो।
Comment Here!