आयआर्जनमा सक्रिय हुँदै दुर्गमका महिला


प्रकाशित मिति :2016-06-03 14:06:07

रमेश रावल

1

कालिकोट । मुगु जिल्लाका सोरु भेगका महिला  आयआर्जनमा अग्रसर हुन थालेका छन् । स्थानीयस्तरमा भेडा बाख्रा, घोडी तथा भैँसी पालनलगायतका आयमुलक काम गर्न यहाँका महिला आकर्षित हुन थालेको हुन् ।

गरिवी निवारण कार्यक्रम अन्र्तगत स्थानीयस्तरमा आयआर्जन गर्न सहयोग पाएपछि महिलाहरू  विभिन्न व्यवसायमा लागेको स्थानीय पदमबहादुर शाहीले बताए । उनले भने,–‘ यस्ता व्यवसायमा महिलाको उत्साहपुर्ण सहभागिता देखिएको छ ।’

गरिवी निवारण कोष अन्र्तगत जनकल्याण अनुसन्धान तथा बिकास केन्द्रको सहजीकरणमा स्थानीयले व्यवसाय गर्न आर्थिक सहयोग पाएका हुन् ।

स्थानीयस्तरमा शुरु गरिएको बाख्रापालन तथा अन्य व्यवसाय समेत फस्टाउँदै गएको सोरु भेगको जिमा गाविसकी औला रोकायाले बताइन् । ‘गाउँमा सञ्चालन भईरहेका आयआर्जनका  क्रियाकलापबाट महिलाले आयमुलक काम सिकेका छन्,’ उनले भनिन्,–‘सामुदायिक महिला संस्थाका सदस्यहरूले आयआर्जनका कामबाट आम्दानी भएको रकम समेत मासिक रुपमा जम्मा गर्ने गरेका छन् ।’

यस्ता व्यवसायले आफूहरूलाई आम्दानी मात्रै नभएर परिपक्व समेत बनाएको फोतु गाविसकी सौमती कामीको अनुभव छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: