अमेरिकामा असुरक्षित गर्भपतन बढ्दै


प्रकाशित मिति :2016-06-03 15:03:03

महिला खबर
abort

एजेन्सी । अमेरिकाका केही राज्यमा गर्भपतनमा रोक लगाएपछि त्यहाँका महिलाले घरेलु उपाय अपनाएर असुरक्षित गर्भपतन गराउन थालेका छन् ।  बेलायती अनलाइन समाचार द गार्जिएनका अनुसार  ती राज्यमा कानुनद्वारा सुरक्षित गर्भपतनमा आएको अवरोधपछि  महिलाले घरमै असुरक्षित तरिकाले गर्भपतन गर्ने उपाय तिर लागेका छन् ।  ६ वर्षयता अमेरिकाका ३८ वटा  राज्यमा ३ सय भन्दा बढी गर्भपतनविरुद्ध नयाँ कानुन बनेका छन् । टेक्सस् राज्यमा मात्रै कम्तिमा १ देखि २ लाख ४० हजारको संख्यामा  महिलाले गर्भपतनका लागि असुरक्षित घरेलु उपाय अपनाएको द गार्जियनमा उल्लेख छ।

उक्त अनलाइन समाचारका अनुसार केही महिलाले गर्भपतनका लागि अनलाइनमार्फत पिल्स मगाइरहेका छन् भने कोही जडिबुटीहरू प्रयोग गरिरहेका छन्। गर्भपतनविरुद्ध कानुन बनेयता गर्भपतन सम्बन्धि अनलाइन जानकारी लिनेको संख्या निकै बढेको छ , उक्त संख्या २०११ मा ४० प्रतिशत थियो।

धेरै जसो अनलाइन वेइबसाइटहरूले पिल्स बेच्ने गरेको र धेरै वेइबसाइटहरूले भने गर्भपतनका लागि कसरी मेक्सिको जाने भन्ने निर्देशनहरू दिइरहेको समाचारमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: