महिला खबर
कपिलवस्तु । नमुना महिला वचत तथा ऋण सहकारी संस्था कपिलवस्तुको आयोजना तथा वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा पाठेघर खसेका महिलाहरूको समस्याको समाधान र उपायका वारेमा छलफल भएको छ ।
कार्यक्रममा उपस्थित महिलाहरूले पाठेघर खसेका महिलालाई उपचारमा निःशुल्क र सहज सेवा हनु पर्ने वताएका छन् । पाठेघर खसेका महिलाले आफूले भोगेका समस्याहरूको वारेमा खुलेर कुरा राखेका थिए । पाठेघर सम्वन्धि समस्या भएका महिलाले तल्लो पेट दुख्ने , शरीर जलन हुने , पिसाव पोल्ने जस्ता समस्या हुने गरेको वताएका थिए ।
पाठेघरको समस्या भएपनि महिलाले लाज मान्ने र आफ्नै श्रीमानलाई समेत नवताउने गरेको वताए । अधिकांस महिलामा पाठेघरको समस्या हुने गरेको वताउँदै उनीहरूले यसको उपचार सर्वसुलभ र सहज वनाउन राज्यसँग माग गरेका थिए । सामाजिक संरचनाका कारण पनि महिलाले पीडालाई लुकाउन वाध्य भएको वताएका थिए ।
पाठेघरको समस्या निराकरण गर्न गाउँ गाउँमा सचेतना जगाउने खालका कार्यक्रम संचालन गर्नुपर्ने , निःशुल्क उपचारका हुनुपर्ने उनीहरूको भनाई थियो । कार्यक्रममा २० जना महिलाको सहभागिता थियो ।
Comment Here!