महिला खबर
रामेछाप । रामेछाप जिल्लाको बिजुलीकोट गा.वि.स.मा गठित न्यायमा पहुँच सञ्जालका सदस्यहरुका लागि दुईदिने तालिम बिजुलीकोट गा.वि.स.मा सम्पन्न भएको छ । तालिममा लैंगिक हिंसाका स्वरुपरु, आधारभूत मानवअधिकार, महिला महासन्धिको महत्वपूर्ण विशेषताहरु, घरेलु हिंसा पीडितले गर्नपर्ने कानुनी प्रक्रियाका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
महिला हिंसाविरुद्धको ३ सय ६५ दिने अभियान अन्र्तगत जिल्लाको नागदह र बिजुलीकोट गा.वि.स.मा सञ्चारिक समूहको सहकार्यमा जुरी नेपाल र इह्रिकन मार्फत् विभिन्न गतिविधिहरु सञ्चालन गर्नका लागि दुवै गा.वि.स.मा न्यायमा पहुँच सञ्जाल गठन गरिएको छ । सो सञ्जालका सदस्यलाई अधिवक्ता पाण्डव प्रसाईंले लैंगिक हिंसाका स्वरुप, आधारभूत मानवअधिकार, महिला महासन्धिको महत्वपूर्ण विशेषताहरू, घरेलु हिंसा पीडितले पुरा गर्नुपर्ने कानुनी प्रक्रिया, लैंगिक समानता जस्ता विषयका बारेमा जानकारी दिनुभयो । मानव अधिकार सञ्चार प्रतिष्ठान इह्रिकनले जिल्लाको नागदह र बिजुीकोट गा.वि.स.मा सामाजिक नक्सांकन गर्ने काम समेत सम्पन्न गरिसकेको छ ।
दुवै गा.वि.सका कुन कुन वडाबाट महिला तथा वालवालिका बेचविखन तथा ओसार पसारमा परेका छन्, हिंसा कस्तो छ र उनीहरूको समस्या समाधान गर्न के उपाय अबलम्बन गर्न सकिन्छ भन्ने उद्देश्यले सो काम गरेको जुरीका जिल्ला संयोजक रमेश ढुंगेलले बताउनुभयो ।
Comment Here!