निर्माण उपभोक्ता समितिमा पुरै महिला


प्रकाशित मिति :2016-06-05 13:56:46

दुर्गा देवकोटा
कैलाली । टीकापुर नगरपालिका ब्लक नम्बर सीस्थित खुल्ला ठाउँ व्यवस्थापन तथा बृक्षारोपण कार्यका लागि गठन भएको उपभोक्ता समितिमा पुरै महिला चयन भएका छन् । टीकापुर नगरपालिकाको परिषदले स्वीकृत गरेको वन वातावरण संरक्षण, उद्यान तथा खुल्ला एव्म हरियाली क्षेत्र कार्यक्रम अन्र्तगत खुल्ला ठाउँलाई भविष्यमा बाल उद्यानको रुपमा विकास गर्ने उद्देश्यले गठन भएको निर्माण समितिको अध्यक्षमा देवका बुढाथोकी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा संगिता खड्का, सचिवमा लक्ष्मी कुंवर, कोषाध्यक्ष कमला कुमारी शाही चयन भएका छन् ।

सदस्यमा पुनम चौधरी, सरस्वती बटाला र लक्ष्मी रावल रहेका छन् । साथै, प्रेमदेवी चौधरी संयोजक रहेको ५ सदस्यीय अनुगमन समिति गठन भएको छ । समिति गठन गर्न आयोजित कार्यक्रममा बोल्दै नगरपालिकाका योजना शाखा प्रमुख नवराज जोशीले टीकापुरको सबैभन्दा ठूलो चौरलाई संरक्षण गर्न यसको वरिपरि ६/६ मिटर बाटो छुट्याएर बीचमा फूल, विरुवा, फलफूल रोप्ने बताउनुभयो ।

यस्ता कामले वातावरण संरक्षणमा योगदान पुग्नुका साथै भविष्यमा यसलाई उद्यानका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–‘सबै योजनामा पुरुषको वर्चश्व रहेको अवस्थामा विकासका काममा महिलाको सहभागिता बढाउन निर्माण समितिमा सबै महिला बस्न आग्रह गरेको हुँ ।’ जोशीले नगरपालिकाले पहिलो पटक निर्माण समितिका सबै सदस्यमा महिला मात्रै भएको समिति बनाएर महिला सहभागिता बढाउने अभियान शुरु गरेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: