नवदेवी सम्मानबाट महिला सम्मानित


प्रकाशित मिति :2016-06-05 14:42:25

महिला खबर

सम्मानित महिला । तस्बिरः श्रुती श्रेष्ठ

सम्मानित महिला । तस्बिरः श्रुती श्रेष्ठ

काठमाडौं । सेलिब्रेटि वुमनहुड नवदेवी सम्मानबाट नौ जना महिला सम्मानित भएका छन् शनिवार सम्पन्न कार्यक्रममा विशेषतस् ग्रामीण क्षेत्रमा सामाजिक योगदान पुर्या्इरहेका महिलालाई नवदुर्गाको नामबाट नामकरण गरिएका उपाधिद्धारा सम्मान गरियो ।

क्रियटिभ स्टेटमेन्टसले आयोजना गरेको यो सम्मान अन्नपुर्ण, लक्ष्मी, सरस्वती, भवानी, दुर्गा, महामाया, शक्ति, भगवती आदि नौंवटा  देवीको नामबाट नामकरण गरिएको छ ।  यसपाली अन्नपुर्ण सम्मानबाट महिला शिक्षा र  सशक्तिकरणसँगै नेपालको हरियाली अभियानमा क्रियाशील कञ्चन लामा, नवदेवी सम्मानबाट (साहित्यकार मोमिला जोशी,  भवानी सम्मानबाट नेपाल महिला फुटबल टिमका क्याप्टेन अनु लामा, दुर्गा सम्मानबाट  कञ्चनपुरकी महिला अधिकारकर्मी तथा समाजसेवी शारदा चन्द र करुणा सम्मानबाट  इटहरीकी गीता गौतम सम्मानित भएका छन् ।

त्यसैगरी लक्ष्मी सम्मानबाट  धनकुटाकी सुशिला बिश्वकर्मा, महामाया सम्मानबाट नायिका गौरी मल्ल,सरस्वती सम्मानबाट  सप्तरी हरिपुरकी गुलाब देवी र शक्ति सम्मानबाट धनुषाका सुधा र अनिल कर्ण मित्र सम्मानित भएका छन् ।

यस वर्षको यो सम्मान कार्यक्रममा नौवटा अवार्डका अतिरिक्त २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेकाहरुको राहात, पुननिर्माण एवं सचेतनाका क्षेत्रमा काम गर्ने २ जना महिलालाई विशेष सम्मानद्वारा सम्मानित गरियो ।

भूकम्पपछि सिन्धुपाल्चोक र काभ्रेका बालबालिकाको शिक्षाका लागि काम गरेकी रेवती गुरुङ र भूकम्पपछि  गोर्खाको घ्याचोकको पुननिर्माणमा महत्वपुर्ण योगदान गरेवापत बसुधा घोतानेलाई सम्मान गरेको छ ।

ओझेलमा परेका प्रतिभाको पहिचान र उनीहरुको कामको मूल्यांकन गरि  बर्षेनि यो सम्मान गरिने सेलिब्रटिङ वमनहुड की परिकल्पनाकार सिर्जनासिंह योञ्जनले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: