नारकिय जीवनबाट यसरी मिल्यो मुक्ति


प्रकाशित मिति :2016-06-06 14:21:10

यशोदा अधिकारी

miraकाठमाडौं । माघ महिनाको ठिहिरो अनि झम झम पानी परिरहेको रात  । मीरा (नाम परिवर्तन) का लागि औंसीको रात भएर आइदियो ।  एकातिर मेघ गर्जेको त्रास, अर्कोतिर  चट्याङको आवाज । उनकी आमाको धेरैजसो वसाइ लेकमा हुन्थ्यो । उनी र हजुरवुवा बेसीमा ।  मीराले फटाफट भात पकाइन् र आफ्ना हजुरबालाई खुवाइन् । हजुरुबालाई  खाना बनाउनु खुवाउनु उनको दैनिकी ।

त्यसै गरिन् उनले त्यस साँझ पनि ।  सदा झै मीराका ६२ वर्षे हजुरबा इन्द्र बहादुर सुत्न गए । उनी खाटमा सुत्थे । मीराले भुईँमा ओछ्यान लगाइन् । माघ महिनाको जाडो त्यसमाथि पनि पानी परेर चिसो बढ्दै थियो । रात छिप्पिँदै गएपछि मीरालाई हजुरबाले खाटमा सुत्न बोलाए । दस वर्षकी निर्दोष बालिका, हजुरबाले माया गरेर खाटमा सुत्न बोलाए भनेर उनी खुसी हुँदै गइन् । खाटमा पुगेपछि हजुरबाले उनलाई बेस्कन अंगालो हाले ।

हजुरबुबालाई नाङ्गै देखिपछि उनी डराइन् र भुईमा ओर्लन खोजिन्, तर राक्षस रुपधारी हजुरबाले उनलाई जवरजस्ती गर्न खोजे । ‘नाइ’ भनेर कराउँन खोज्दा मीराको मुखमा लुगा कोचिदिएर उनको अस्मिता लुटे । उनी जति चिच्याएपनि सुन्ने कोही थिएन । उनी रातभरि रगतको आहालमा डुविन् । बल्लबल्ल  उज्यालो भयो ।  हजुरबाले के गरेको होला उनलाई थाहा थिएन । गारो हुँदै गयो । उनी विरामी भइन् । कहिले लेकबाट आमा आउलिन् र हजुरबाले आफूलाई के गरेको हो भनेर सोधुँला भनेर कुरिरहिन् ।

Capture

हजुरबा घरमा भनिस् भने घर खर्च दिन्न भन्दै उनलाई धम्क्याउँथ्यो र अस्मिता लुटिरहन्थ्यो । एक दिन उनले यो कुरा आमालाई भनिन् । आमाले उल्टै पागल भनेर मीरालाई कुटिन् र फेरी बेसीको घरमा हजुरबुबासँगै छोडिदिइन् । उनले आफ्नै आमाकोे सहयोग नपाएपछि राक्षसरुपी हजुरबाबाट पटक पटक  बलात्कृत हुनुपर्‍यो । त्यतिखेर मीराका बुवा वैदेशिक रोजगारीमा गएका थिए ।   दस वर्षको उमेरदेखि हजुरबाबाट अस्मिता लुटिएकी मीराका बाबु उनी १४ वर्षको हुँदा नेपाल फर्किए । ‘आमाले त उल्टै पागल भनिन् । बाबु देशविदेश बसेर बुझेर आउनु भएको छ कुरा बुझ्नुहुन्छ भनेर बाबुलाई हजुरबाले गरेको कुरा सुनाउँछु भनेँ ।’ उनी तीतो अतीत सम्झिन्छिन् ।

एकदिन आमा नभएको दिन हजुरबाले आफ्नो अस्मिता लुटेको कुरा बुबालाई बताइन् ।  बाबुले मीराको कुरा सुन्दै सुनेनन् । पत्याएनन् पनि ।
उल्टै उसले पनि जवरजस्ती गर्न खोजे ‘मेरो बाले तँलाई बलात्कार गरेको हो कि होइन चेक गर्छु भनेर अंगालो हाल्यो । म भाग्न खोजेँ ।  भित्तामा लगेर टाउको ठोक्काइदियो ।’ उनी भन्छिन् ‘ बेस्कन कराएँ, रोएँ । घरमा कोही पनि थिएनन् । मुखमा पेन्टी कोच्याएर हातखुट्टा बाँधिदियो र  मलाई हजुरबाले जस्तै  गर्‍यो’ उनी भन्छिन् ।

प्रकाश कार्की

प्रकाश कार्की

उनले फेरि त्यो कुरा आमालाई भनिन् । आमाले फेरि पागल भनेर उल्टै कुटपिट गरिन् । उनलाई साथ दिने कोही भएनन् । फलस्वरुप उनी पटक पटक बलात्कृत भइरहिन् ।  ‘एसएलसी सकियो । फुर्सदको बेला घरमा बस्नुपर्ने भयो । बाले मलाई  देख्नै नहुने दिनको तीन चारपटकसम्म बलात्कार गथ्र्यो’ मीराले भनिन् ।

उनको डाक्टर पढ्ने सोच थियो ।  एकदिन राक्षस रुपधारी बाबु प्रकाशलाई  भनिन् ‘ड्याडी म विज्ञान पढ्छु ।’ आफ्नै छोरीको अस्मिता लुटेर रमाउँदै आएका प्रकाश बहादुरले भने सर्त राख्थे र भन्थे ‘मेरो इच्छा तँ पूरा गर । तेरो इच्छा म पूरा गर्छु ।’ हुँदा हुँदा पाँच रुपैयाँको  पेन्सिल किन्न  पनि बाबुको यौन प्यास मेटाउनुपथ्र्यो मीराले । कहिले खेत, कहिले मल खाल्टो, कहिले बनेपा, धुलिखेलका होटलमा पुग्नुपथ्र्यो । बाबुको बलात्कारको शिकार भएकी मीरालाई कसैले सहयोग गरेन ।  उनले जीवनदेखि हार खाइन् ।

आफ्नै बाबुको कान्छी श्रीमती भएर बाँच्न मन लागेन ।  उनले हजुरबा र बाबुको बलात्कारको पीडा डायरीको पानामा पोखिन् र व्यागमा राखेर घरबाट निस्किन् ।  बनेपा बजारमा पुगेर किरामार्ने औषधी किनिन् र धुलिखेलको डाँडामा गएर पिइन् । प्रहरीले उनलाई बेहोस अवस्थामा भेट्टाएर अस्पताल पुर्‍यायो  ।  चार दिनपछि  होस आउँदा डाक्टर र नर्सलाई देखिन् र सोचिन् ‘स्वर्ग भनेको यही होला ? स्वर्गमा पनि डाक्टर नर्स हुँदा रहेछन् भन्ने लाग्यो । तर त्यही  राक्षसी बाआमालाई देखेपछि मरेको रहेनछु भन्ने लाग्यो । वरिपरि प्रहरी थिए । मेरो डायरी पढेरप्रहरीले सबै कुरा थाहा पाएछन् ।’

mira2उनले डाक्टरलाई भनिन् मलाई किन बचाएको ? मलाई मारिदिनुस् ।‘ त्यहाँ पनि नर्स नभएको मौका छोपेर बाआमाले गाली गरे । उनी छट्पटाउँथिन् ।   टोलाउँथिन् । १२ औं दिन बाआमाले  डिस्चार्ज गरेर घर लैजान खोजे,  उनी जान मानिन् । अन्ततः डाक्टरले एकान्तमा लगेर सोधेपछि मीराले सबै कुरा बताइन् । डाक्टरले प्रतिवेदन तयार पारे ।  प्रहरीले उनलाई सहयोग गर्न संस्थामा खबर गर्‍यो ।   रक्षा नेपालका अध्यक्ष मेनुका थापा अस्पताल पुगिन् । प्रहरीले अस्पतालबाट डिस्चार्ज गरेर मीरालाई रक्षा नेपालको जिम्मा लगाइदियो । उनी खुसी भएर  आइन् ।  त्यही दिन सोधपुछको लागि भनेर हजुरबालाई प्रहरीले फोन गरेर बोलायो । कतुर्त खुल्ने डरले त्यही दिन हजुरबा इन्द्रबहादुरले आत्महत्या गरे । बाबु प्रकाश अहिले जेलमै छ ।

पलपल मरेर नयाँ जीवन पाएकी मीरा अहिले विज्ञान विषय लिएर कक्षा १२ पढिरहेकी छन् । सञ्चारकर्मी सुमन खरेलले उनलाई पढाउन सहयोग गरिरहेका छन् । डाक्टर पढाइदिने बचन पनि  दिएका छन् । वर्तमानमा पनि विगतको घाउ बल्झिरहन्छ ।  आत्महत्या गर्न खाएको किरा मार्ने औषधीको असरले उनी अहिले पनि विरामी भइरहन्छिन् । उनी जव नागरिकता समाउँछिन् तव उनको आँखभरि आँसु छचल्किन थाल्छ । उनी भन्छिन् ‘बलात्कारी बाबु र हजुरबाबुको नाम नागरिकताबाट हटाइ पाउँ ।’  नागरिकताबाट बाबु र हजुर बाको नाम हटाउन रक्षा नेपालको सहयोगमा प्रक्रिया अगाडि बढाइसकेकी छन् । रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्  ‘नागरिकता समायो कि उनी अत्तालिन्छिन्, आफ्नो नागरिकता हेर्नै सक्दिनन्, जहाँ बा, हजुरबाको नाम लेख्नुपर्छ उनको  हात काम्छ, लख्नै सक्दिनन्  । हामी नै लेखिदिन्छौं । यस्ता बालबालिकाको अभिभावक राज्य हुनुपर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: