ज्ञानु पंगेनी
नवलपरासी। भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा हिँडेका ६ जना महिला र भारतमा नाच्ने काम पाएर हिँडेका २ जना किशोरीसहित ८ जनालाई माईती नेपाल शाखा महेशपुरले भारतीय सीमाबाट उद्धार गरेको छ।
६ जना महिलालाई शनिवार र २ जना किशोरीलाई आईतवार उद्धार गरेको माईती नेपाल आवधिक गृह बर्दघाटकी ईन्चार्ज मायादेवी क्षेत्रीले जानकरी दिनुभयो ।
क्षेत्रीका अनुसार वैदेशिक रोजगारीमा हिँडेका महिला २ जना नवलपरासीका छन् भने अन्य चितवन, सिन्धुली , धादिङ्ग र तनहँुका रहेका छन्। जसमा एक जना २१ वर्षकी छन्, अन्य ३० देखि ३२ वर्ष उमेरका छन्।
उनीहरूसँग सोधपुछका क्रममा रामु भन्ने व्यक्तिले कतार पठाईदिन्छु भन्ाी दिएको आश्वासनका आधारमा भारत हुँदै कतार जान भनि हिँडेको बताएका छन्। ती व्यक्तिका बारेमा कुनैपनि महिलाले स्पष्ट नबताएको क्षेत्री बताउनुहुन्छ ।
उहाका अनुसार ती मध्ये २ जनालाई परिवारको जिम्मा लगाईएको छ भने ४ जनालाई महेशपुर शाखामै राखिएको छ।
Comment Here!