आमा समूहको अगुवाईमा अवैध मदिरा नष्ट


प्रकाशित मिति :2016-06-06 16:22:13

सर्मिला बुढाथोकी

13335825_1741105496160842_9143344893276875185_n
दोलखा  । दोलखा भीमेश्वर नगरपालिका जिलुमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।  आमा समूह र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सहयोगमा प्रहरीले अवैध रुपमा उत्पादन तथा बिक्रि वितरण हुँदै आएको मदिरा नष्ट गरेको हो ।

मदिराका कारण अधिकांश घरेलु हिंसा तथा महिला हिंसाका घट्ना भएको पाईएकोले नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

13335792_1741105492827509_951474902592729763_n

सरकारले समेत स्थानिय घरेलु मदिरा बिक्रि वितरणमा रोक लगाएको भन्दै प्रहरीले २२६ लिटर अवैध मदिरा नष्ट गरेको जनाएको छ ।
स्थानिय आमा समूह, सर्वसाधारण, बुद्धिजीवि, समाजसेवीलगायतको रोहवरमा अवैध मदिरा नष्ट गरिएको र सिल प्याक मदिरा समेत विना इजाजत बिक्रि वितरण नगर्न घरदैलो कार्यक्रम मार्फत सचेत गराईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मैले न मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोड़िए हाम्रा पाइलाहरू उचालेर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: