महिला खबर
दोलखा। महिला हिंसाका घटना बढेको भन्दै संयुक्त महिला संघर्ष समिति दोलखाले सोमवार जिल्ल्ाा प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
दोलखा जिल्लामा आत्महत्या, हत्या जस्ता घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै संयुक्त महिला संघर्ष समिति दोलखाले सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी आलेले सम्वन्धित निकायसम्म याे माग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो।
दोलखामा श्रीमानबाट कुटपिट, अंशबाट बन्चित हुनुपर्ने जस्ता घट्ना बढी हुने गरेको र घट्ना सम्बन्धमा सम्बन्धि निकायमा मुद्दा दर्ता, जाहेरी दिँदा सुनुवाई नभएका कारण कतिपय महिलाले आत्महत्या गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा उल्ल्ोख छ।
Comment Here!