ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीमा सर्पको डसाईबाट सोमवार एक बृद्धाको ज्यान गएको छ। कुमारवर्ती गाविस गोछडाटारकी ६१ वर्षीया दिल कुमारी लामिछानेको सर्पको डसाईबाट मृत्यु भएको हो। विहान घर नजिकैको कटेरोमा राखिएको दाउरा निकाल्न खोज्दा सर्पले डसेको स्थानीय राजन न्यौपानेले जानकारी दिए। उपचारका लागि अस्पताल लगेको र पुग्ने बित्तिकै अस्पतालले मृत घोषणा गरेको उनले बताए।
गएको शनिबार मात्रै नयाँ बेलाहानीकी १० वर्षीया शिला कुमालको सर्पले डसेर मृत्यु भएको थियो। नवलपरासीमा परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र र त्रिवेणी स्थित नेपाली सेनाको ब्यारेकमा मात्रै सर्पदशंको उपचार हुने गरेको छ।
जिल्लाको नवलपुर क्षेत्रबाट सर्पदंशको उपचार गर्न भरतपुर नै लैजानु पर्ने हुन्छ। सर्पले डसेपछि समयमा नै अस्पताल पुर्याउन नसक्दा धेरैको ज्यान जाने गरेको छ।
Comment Here!