महिला खबर
काठमाडाैं । भैपरी आएमा आफ्नो रक्षा कसरी गर्ने भन्ने सिकाउन महिलाका निम्ति महिला मञ्च नेपालले काठमाडौंमा महिलाका लागि १० दिने आत्मरक्षाको तालिम सुरु गरेको छ ।
तालिमा परितरन नेपालका निर्देशक विक्रान्त पाण्डेले शहर बजार र सार्वजनिक यातायातमा हिँडदा महिलामाथि हुने दुव्र्यवहारबाट बच्न यस्ता तालिम सहयोगी हुने बताउनुभयो । आफ्नो संस्थाले महिलालाई दुईवर्षदेखि आत्मरक्षा सम्बन्धि तालिम दिँदैको जानकारी पनि दिनुभयो ।
आत्मरक्षा सम्बन्धि तालिमले मानसिक र शारिरीक रुपमा जो कोहीलाई सक्षम बनाउने उहाँको भनाइ थियो । मनोरन्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकलाई लक्षित गरेर सुर गरिएको तालिममा आत्मरक्षाबारे शारीरिक ज्ञान दिइने महिलाका निम्ति महिला मञ्च नेपालकी कार्यकारी निर्देशक सृजना पुनले जानकारी दिनुभयो । तालिममा मनोरन्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत २५ जना महिला श्रमिक सहभागी छन् ।
Comment Here!