महिला खबर
एजेन्सी। अमेरिकी समाचार संस्था फोर्व्सले प्रकाशन गरेको विश्वका १ सय शक्तिशाली महिलामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औं स्थानमा पर्नुभएको छ।
फोर्व्सले हरेक वर्ष प्रकाशन गर्दै आएको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलोपटक हो। यस सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल पर्नुभएको छ। उहाँ विगत १० वर्षदेखि शक्तिशाली महिलाको यस सूचीमा पहिलो स्थानमा रहँदै आउनुभएको छ।
फोर्व्सले पैसा, सञ्चार माध्यममा स्थान, प्रभावकारिता क्षेत्र, र उनीहरूको आफ्नो आफ्नो क्षेत्रमा असर गरि चार वटा मापदण्डको आधारमा यो सूची तयार गर्दछ।
दक्षिण एसियामा सबैभन्दा शक्तिशाली महिलाका रूपमा भारतका अरुन्धाती बट्टचार्य २५ औं स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाका रूपमा बंगलादेशका प्रधानमन्त्री सेख हसिना वाजेद ३६ औं स्थानमा पर्नुभएको छ। भारतिय कग्रेस अई की अध्यक्ष सेनिया गान्धी भने ये सूचीमा हुनुहुन्न ।
Comment Here!