महिला खबर
कपिलवस्तु। बेचिन लागेकी १७ वर्षकी रेखा (नाम परिवर्तन) लाई कपिलवस्तुको कृष्णनगर सिमानाकाबाट उद्धार गरिएको छ। बिचौलीयाले भारततर्फ लैजाँदै गर्दा मानबबेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था के.आई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ती किशोरीलाई उद्धार गरेको हो।
प्युठान घर भएकी रेखा, दाङ्ग घर भएका अर्जुन भन्ने समीर अहमद अन्सारीेसँग भारत जान लागेको प्रहरीलाई बताएकी छन्। प्रहरीका अनुसार उनीहरू दुवैजना केही महिनादेखि निरन्तर फोन सम्पर्कमा रहेको र किशोरीलाई विवाहको प्रलोभनमा देखाएर दाङ्गको भालुवाङ्गबाट बेच्न लगेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानपछि अर्जुन भन्ने समीर अन्सारी अहमदका दुई श्रीमती घरमा भएको खुल्न आएको ईलाका प्रहरी कार्यलयका प्रमुख सञ्जय रिजालले बताउनुभयो। बेचविखनको उद्देश्य देखिएकाले समीर अन्सारीलाई कारवाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरलिे बताएको छ । कक्षा १० मा अध्ययनरत रेखालाई निरन्तर अध्ययनका निम्ति अभिभावकको जिम्मा लगाई घर फिर्ता गरिएको छ।
Comment Here!