महिला खबर
काठमाडौै। चार जना भारतिय महिलाले नेपालबाट बेटी बचाओ बेटी पढाओ अभियान सुरु गरेका छन् । सोमवार उनीहरूले नेपालस्थित भारतिय दुतावासबाट दक्षिण पुर्वी एसियाका १० वटा देश भ्रमणका लागि मोटरसाइकल यात्रा सुरु गरेका हुन् । यो अभियान अन्तर्गत १० हजार किलोमिटर दुरीको यात्रा उनीहरुले ३६ दिनमा पुरा गर्ने लक्ष्य लिएको नेपालस्थित भारतिय दुतावासले जनाएको छ ।
नेपालमा सार्क सचिवालय रहेकाले दक्षिण पुर्वी एसियाको केन्द्र नेपाल रहेको भन्दै उनीहरूले आफ्नो यात्रा काठमाडौंबाट सुरु गरेको बताएका छन् । नेपाल, भारत, भुटान, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया र सिङ्गापुर गरी करिब १० हजार किलोमिटर भन्दा बढिको यात्रा गर्ने तय उनीहरूले गरेका हुन् ।
Comment Here!