महिला खबर
कालिकोट । जुम्ला जिल्लामा घोडेमहादेव गाविसको जनजागृति माध्यामिक विद्यालय पोखरीमा किशोरी शिक्षा तथा शसक्तिकरण तालिम सम्पन्न भएको छ । भौगोलिक हिसाबले अति पिछडिएको क्षेत्रका किशोरीलाई सामाजिक विकृति विसङ्गति, छाउपडीलगायत सम्बन्धी चेतना दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
सुर्य सामाजिक सेवा संघ फोर एस जुम्लाका सचिव मायादत्त आचार्यले जल्दो बल्दो सामाजिक विकृती न्युनिकरणका लागि किशोरीलाई लक्षित गरी यस्ता तालिम सञ्चालन गरिएको बताउनुभयो ।
‘घोडेमहादेव गाविस भौगोलिक हिसावले पिछडिएका किशोरीलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ’ उहाँले भन्नुभयो,– ‘किशोरी शिक्षा तथा शसक्तिकरण सचेतनाका कार्यक्रमले किशोरीको हकहितमा आवाज उठाउन महत्वपुर्ण भुमिका खेल्ने छ ।’ किशोरी सचेत भए विकृित कम हुने आचार्यको भनाइ छ ।
किशोरी शिक्षा तथा शसक्तिकरण तालिममा ४८ जना किशोरीलाई छाउपडी, सरसफाई र नेतृत्व विकासका वारेमा सचेत गराइएको छ ।
तालिमपछि कल्पना बुढाको अध्यक्षतामा ७ सदस्यीय बालिका सरंक्षण समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दुृर्गा कुमारी रावत र सचिवमा विनिता रोकाया रहेका छन् ।
वालिका सरंक्षण समितिले गाउँ घरमा घाउपडी, सरसफाई वालविवाह जस्ता विकृतिविरुद्ध आवाज उठाइ जनचेतना दिने काम गर्ने छ ।
Comment Here!