महिला खबर
एजेन्सी। यही वर्ष नोभेम्बरमा हुने अमेरीकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिनटन उम्मेदवार बन्ने निश्चत भएको छ ।
हिलारी क्लिनटनले पार्टीको आन्तिरक निर्वाचनमा प्रतिद्वन्द्वी बर्नी सेन्डरर्सलाई ६ मध्ये ३ राज्यमा जतेपछि क्लिनटन उम्मेदवार बन्ने निश्चत भएको हो ।
मंगलबार सबैभन्दा धेरै मतदाता रहेको क्यालिफोर्नियासहित न्यूजर्सी, मोन्टेना, साउथ डेकोटा, नर्थ डेकोटा र न्यू मेक्सिकोमा प्रतिस्पर्धा भएको थियो । क्लिन्टनले मंगलबार न्यू मेक्सिको, न्यू जर्सी र साउथ डेकोटाका जित हासिल गरेकी थिइन् । आठवर्ष अघि पहिलो पटक राष्ट्रपतीय प्रतिस्पर्धामा होमिएकी क्लिन्टन तत्कालीन सिनेटर बाराक ओबामासँग पराजित भएकी थिइन् ।
अमेरिकी इतिहासमै ठूला पार्टीबाट आधिकारिक उम्मेदवार बन्ने क्लिन्टन पहिलो अमेरिकी महिला बनेकी छिन्। उनले लोकप्रिय मतसँगै आवश्यक डेलिगेट दुई हजार तीन सय ८३ मत हासिल गरेकी छिन् ।
हिलारीले यो सफलता एतिहासिक भएको भन्दै आफ्ना सबै समर्थकहरूलाई धन्यबाद दिएकी छन्। उनले भनिन् ‘ हाम्रो देशको इतिहासमा पहिलो पटक ठुलो पार्टीबाट महिलाको मनोनयन भएको छ।’
Comment Here!