महिला खबर
टीकापुर। महिनावारी स्वच्छता, व्यवस्थापन सम्बन्धि अर्न्तक्रिया टीकापुरमा भएको छ। महिनावारी भएका बेला महिलालाई आवश्यक पर्ने सरसफाई र स्वस्थ रहनका लागि आवश्यक कुराबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
साना शहरी खानेपानी तथा सरसफाई संस्था टीकापुरको आयोजनामा भएको कार्यक्रममा सहभागी महिलाले महिनावारी भएका बेला अन्य समयमा भन्दा बढी सरसफाई आवश्यक पर्ने र खानपिनमा ध्यान दिनुपर्ने बताए ।
टीकापुरकी कल्पना उपाध्यायले महिनावारी भएका महिलालाई मिठो खान नदिने, अलग्गै बस्न वाध्य पार्ने, धारा छुन नदिने जस्ता कारणले उनीहरूको स्वास्थ्यमा असर पार्ने कुरामा मानिस सचेत बन्न जरुरी रहेको बताउनुभयो। भृकुटी महिला संस्थाका अध्यक्ष केसरी सोडारीले भन्नुभयो–’महिलाले महिनावारी भएका बेला बढी झोलिलो खानेकुरा खाने र सफा ठाउँमा बस्नु पर्छ।’
खानेपानी आयोजनाले १७ औं राष्ट्रिय सरसफाई सप्ताह अर्न्तगत टीकापुरमा सप्ताहब्यापी कार्यक्रम मनाइरहेको छ।
Comment Here!