ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीको कावासोतीस्थित हसौरामा रहेको सरस्वती उच्च माविकी एक छात्रा शिक्षकको कुटाईबाट घाईते भएकी छन् ।
धौवादिकी १७ वर्षीयाकी नैनासरा वयम्बु मगरलाई कक्षा १० को त्रैमासिक रुपमा लिईने आन्तरिक परीक्षामा अनुर्तिण भएको भनी विद्यालयका शिक्षक सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीले कुटपिट गरेको नैनसराका वुवा भिम वहादुर वयम्बु मगरले बताउनुभयो । घाइते नैनालाई कावासोतीको नवलपुर अस्पतालमा सामान्य उपचारपछि भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।
कुटपिटले शरीरमा निलडाम समेत बसेको र वेहोस भएको अभिभावक मगरले बताउनुभएको छ । विद्यालयका प्राचार्य कृष्णराज सिग्देलले घटना भएको स्वीकार गर्दै अबका दिनमा यस्ता घटना विद्यालयमा दोहोरिन नदिने बताउनुभयो ।
Comment Here!