महिला खबर
इलाम । महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा छुट दिने व्यवस्था भएपछि जग्गामाथि महिलाको स्वामित्व बढेको छ ।
चालु आर्थीक वर्ष २०७२ र ०७३ को वैशाख मसान्तसम्म एक हजार ७४८ महिलाको नाममा जग्गा पास भएको तथ्याङ्क जिल्ला मालपोत कार्यालयमा छ । अघिल्लो वर्ष २०७१र०७२ को यही अवधिमा यो सङ्ख्या एक हजार ७८० मात्र थियो ।
सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायतका आठ वटा शीर्षकमा जग्गाको स्वामित्व लिँदा जग्गा पास दस्तुरमा छुट दिने गरेकाले महिलाका स्वामित्वमा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको जिल्ला मालपोत कार्यालयका नायब सुब्बा कुलप्रसाद देवानले बताउनुभयो ।
ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था सरकारले गरेको छ ।
Comment Here!