जडिबुटी व्यवसायले बनायो उत्कृष्ट उद्यमी


प्रकाशित मिति :2016-06-09 13:42:23

सञ्जु पौडेल

Bina Pradhan 3
काठमाडौं। सामान्य घरका लागि खेती किसानी गर्दै आएकी थिइन् विणा प्रधान । तर केही नयाँ गर्ने सोच भएपनि के गर्ने ठम्याउन सकेकी थिइनन् । श्रीमानले शिक्षण पेसा छाडेपछि घरखर्च चलाउन  र छोराछोरीलाई  पढाउने  समस्याले घेरेको थियो । यसैक्रममा उनले  पत्रिकामा जडिबुटी खेती गरेर राम्रो आम्दानी गरेको भन्ने समाचारले ध्यान तान्यो, र त्यसैको खेतीगर्ने रहर जाग्यो ।

जोश, जागँर अनि दृढ संकल्प लिएर सामान्य कृषि पेशालाई परिवर्तन गरेर मझुवा रामेछापकी  विणा प्रधानले  नयाँ तरिकाले  जडिबुटीको व्यवसायिक खेती गर्ने तय गरिन् । ५ वर्ष अगाडी आफ्नै जमिनमा जडिबुटी खेती शुरु गरिन् ।

Bina Pradhan

अब जे जस्तो काम गरेपनि अरुले  भन्दा फरक तरिकाले  कुनै पेशा अपनाउनुपर्छ भन्ने सोचेरै प्रधानदम्पतीले व्यवसायिक जडिबुटी खेती सुरु  गरेका थिए । तर, जडिबुटी खेती एकदम नयाँ  व्यवसाय भएकोले गाँउमा हौसला दिने भन्दा हतोत्साहित गर्ने धेरै थिए । एकातिर घर परिवारको जिम्मेवारी त अर्कोतिर मकै खाने खेत बारीमा जडिबुटी लगायो भनेर गाउँले र छर छिमेकीहरूको टोकेसो सुन्नु पर्दथ्यो ।

बाहिर  कुरा काट्नेको कुरा सुनिसाध्य थिएन । कसैले त आफ्नै अगाडी  कुरा सुनाउथे । यतिखेर विणाको मन अमिलो हुन्थ्यो । तर आँट गरि त हालियो, जसरी पनि त्यसलाई अगाडी बढाउनै प¥यो भन्ने सोचेर विणा र उनको श्रीमान्ले जडिबुडी खेती गर्न रातदिन नभनी कडा मेहनत गर्न थाले ।

शुरुमा १५ रोपनी जमिनमा परिक्षणका रुपमा जडिबुटी लगाए । यसवाट बिस्तारै राम्रो आयआर्जन हुन थालेपछि खेती गर्ने जमिनको आकार वर्षेनि बढाउँदै लगेका उनीहरूले अहिले करिब ५० रोपनी जमिनमा जडिबुटी खेती गरेका छन् । थोरै समयमै यो खेतीले उनीहरुको जीवनमा बहार नै ल्याईदियो ।

bina Pradhan 1

त्यही खेतीको माध्यमबाट आफ्ना छोराछोरीलाई राम्रो र गुण्स्तरीय शिक्षा  दिन पाएकोमा विणा खुशी छिन् । उनले अहिले संस्था नै खोलेर व्यवसायको  दायरा बढाएका छन् ।

उनले उत्पादन गरेका जडिबुटी  काठमाण्डौंलगायत हर्बल वस्तु उत्पादन गर्ने कम्पनीहरूमा पुग्ने गरेको छ । घरायसी काम भ्याएर  अगाडी लगेको व्यवसायप्रति विणा  एकदम खुशी र सन्तुष्ट छन् ।  विणा अहिले   आफ्नै रामेछाप जिल्लामा अब्बल महिला उद्यमी बन्न सफल भएकी छन् ।

समाजमा उद्यमशीलताको क्षेत्रमा उच्च प्रतिष्ठा कमाएकी विणाले ४ जना स्थानीय युवालाई रोजगारी समेत  दिएकी छन् । हाल उनले सोही व्यवसायबाट वार्षिक  २५ लाख रुपैयाँसम्म आम्दानी  गर्दै आइरहेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: