महिला खबर
उदयपुर। उदयपुरमा एक सुत्केरीको मृत्यु भएको छ। त्रियुगा नगरालिका ३ सोनापुरकी २९ वर्षीया जानुका विकको विहीबार जिल्ला अस्पतालमा मृत्यु भएको हो।शनिबारबाट सुत्केरी वेथा लागेपछि जानुकालाई जिल्ला अस्पताल पुर्याइएको थियो। तर अस्पतालको वेवास्ताको कारण सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान् गोविन्द विकले बताउनुभएको छ।
बुधबार विहान बेथा लागेको थियो, डाक्टरले राम्रै गरी सुत्केरी हुने आश्वासन दिएपनि लापरवाहीले समयमै शल्यक्रिया हुन नसकेपछि सुत्केरीको मृत्यु भएको मृतकका आरोप पारिवारले लगाएको छ।
एक बोतल सलाईन पानीको भरमामात्रै शल्यक्रिया गर्न लग्दा मृत्यु भएको मृतकका श्रीमान गोविन्द विकको भनाइ छ। जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विष्णुबहादुर वस्नेतले सुत्केरीलाई बेथा लागेपछि उनलाई शल्यक्रिया गर्न लैजाने क्रममा ह्रदयघात भइ मृत्यु भएको बताउनुभयो।
Comment Here!