सुमित्रा कोइराला
उदयपुर । महिला हिंसाका शारीरिक हिंसाको कुरामात्र गरिरहँदा उनीहरूको मानसिक हिंसाको सम्बोधन नगरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताउनुभएको छ।
उदयपुरमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाको अग्रसरतामा महिला हिंसाका घटना बाहिर आउने तर शारीरिक हिंसामात्र देखिने प्रवृती बढेकाले मानसिक हिंसाको संवोधन नभएको तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय उदयपुर, महिला तथा बालबालिका सेवा केन्द र महिला पुनर्स्थापना केन्द्र (ओरेक) शाखा उदयपुरको आयोजनामा विहीवार जिल्ला प्रहरी कार्यालयमा भएको महिला महिलामाथि हुने विभिन्न किसिमका हिंसा न्यूनिकरण विषयक अर्न्तक्रियामा बोल्दै प्रजिअ घिमिरेले महिलामाथि हुने विभिन्न किसिमका हिंसा सरोकारवाला सवै लागि परे न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सोही कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक ओम बहादुर रानाले पर्याप्त सूचनाको आधारमा अनुसन्धान प्रकृया कठिनाई हुने गरेको समस्या सुनाउनुभयो। पर्याप्त सूचना नभएका कारण अनुसन्धान प्रकृया फितलो हुने र आफूहरू असफल हुने गरेका उहाँको भनाइ थियो।
त्यसैगरि बालविवाहले महिला हिंसा थप बढाएको र यसको दह्रो कानुन नभएका कारण बालविवाहमा हुने कानुन वा सजाय दण्डनीय नभई थप प्रोत्साहन गर्ने किसिमको भएको बाल संजालका केन्द्रिय अध्यक्ष सुरेश कुमार गुप्ताले बताउनुभयो। बालविवाह गरेका बालबालिकालाई पैसाको कारोवार गरि मिलापत्र गरिएको गुनासो गर्दे जिल्ला प्रहरी कार्यालयमा बालविवाह सम्बन्धी एउटा मात्र केश दर्ता हुनु दुःख लाग्दो कुरा भएको उहाँले बताउनुभयो।
कार्यक्रममा उदयपुर जिल्लामा यस आर्थिक वर्षको अहिलेसम्ममा ७५ वटा महिला हिंसाका घटनामा दर्ता भइ कारवाही भएको प्रहरी महिला सेल इन्चार्ज उमा गुरुङ्गले जानकारी दिनुभयो। यी मध्ये बलात्कारका घटना धेरै थिए।
जिल्लाभरका सरोकारवालाहरुको उपस्थित रहेको उक्त कार्यक्रममा आगामी दिनमा महिला हिंसाविरुद्धको अभियानमा एकढिक्का भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिएको थियो।
Comment Here!