सरु शर्मा
नवलपरासी । गरिबी निवारणका एकिकृत विकास कार्यक्रम अन्तर्गत नवलपरासीको हरपुर भक्सीपुरका गरिब तथा विपन्न महिला आयआर्जन उद्देश्यले रकम अनुदान पाएपछि खुशी भएका छन्। गरिब तथा बिपन्न महिलालाई सरकारले व्यवसाय गर्नका लागि दिएको यो रकमको सदुपयोगले आफ्नो जीवनमा परिवर्तन आउने आश उनीहरूले गरेका छन्।
हरपुरस्थित नवदुर्गा सामुदायिक संस्थामा गरिबी निवारण कोषबाट २० जना महिलालाई आर्थिक अनुदानका लागि आएको २ लाख ८ हजार रुपैयाँको पहिलो किस्ता १० जनालाई वितरण गरिएको छ।
रकम लिँदै महिलाले अब कुनै पेशा वा व्यवासय गरेर आफनो गरिबी आफँै घटाउने प्रतिबद्धता जनाए। सरकारले जिल्लाको ग्रामिण क्षेत्रको ७ वटा गाविसका १३ वटा संस्थामार्फत कार्यक्रम सुरु गरेको हो। यो कार्यक्रममार्फत ३७ लाख ४५ हजार रुपैयाँ अनुदान दिइएको छ। अनुदान पाएको संस्थाहरुले लक्षित वर्गले सो रकमबाट भैंसी, बाख्रा पालन, किराना पसल, तरकारी खेती, ग्रिल र फर्निचर उद्योग सन्चालन गरी आफ्नो जिवनस्तर माथि उठाउन सहयोग गरिएको हो।
Comment Here!