असी प्रतिशत असुरक्षित सुत्केरी


प्रकाशित मिति :2016-06-10 16:49:37

 महिला खबर

कपिलवस्तु । कपिलवस्तुमा ७९ प्रतिशत महिलाले अझै पनि असुरक्षित रुपमै बच्चा जन्माउने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा २१ दशमलव १ प्रतिशत गर्भवतीले मात्र स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माएको स्वास्थ्य कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेखित छ ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा बच्चा जन्माउन जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपनि त्यसबाट  खासै उपलब्धि नदेखिएको पुष्टी यो तथ्याङ्कले गर्छ ।

सरकारले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई यातायात खर्चबापत ५०० रुपैयाँ र न्याना कपडा दिने व्यवस्था मिलाएको छ । कपिलवस्तुमा तीन सरकारी, एक निजी अस्पताल, आठवटा बर्थिङ सेन्टर र दुईवटा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा एक वर्षको अवधिमा करिब १५ हजार ८५ जना महिला गर्भवती हुने गर्दछन् । त्यसमध्ये १३ हजार ५७७ को जीवित जन्म हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: