उद्यमी वन्दै महिला


प्रकाशित मिति :2016-06-12 13:00:31

विदुर आचार्य
IMG_20160607_092910

सिन्धुपाल्चोक । एक वर्ष अघि सम्म मेलम्ची ६ की सुशिला सापकोटालाई घर चलाउन निकै कठिन थियो । सामान्य कृषि वाहेक अन्य विकल्प नभएको उनको परिवारलाई जीवन निर्वाह त्यति सजिलो थिएन । तर अहिले उनको अवस्था फरक छ । व्यवसायिक ‘लप्सी क्यान्डी’को उत्पादन तथा प्रशोधन कार्यमा सामेल हुन थालेपछि उनको अवस्था सुध्रिएके हो । उनी मात्र होईन, अरु ७ जना महिला उद्यमीहरु पौरखी लप्सी क्यान्डीमा एक वर्ष देखि आवद्ध छन् ।

उनीहरुको आर्थिक अवस्था सुध्रिएको पनि एक वर्ष नै भयो । सुशिला भन्छिन् ‘पहिले पहिले त महिलाहरुले केही गर्न सक्दैनन्, महिलाहरु मिलेर दिन विताउने वाटो हो भन्नेहरु अहिले समुहमा आवद्ध हुन इच्छुक छन् ।’ कुनैपनि कामकालागि लगनशीलता र निरन्तरताको आवश्यकता रहेको भन्दै उनी भन्छिन्, ‘काम ठुलो सानो त सोच न रहेछ ।, हामी सक्छौँ भनेर लाग्ने हो, सहयोग र सफलता पाईने रहेछ ।’ उनको समुहमा आवद्ध सवै महिला उद्यमी खटेर काम गर्छन् । उत्पादन र विक्री अनुसार आम्दामी हुन्छ । सामान्य त दश हजार प्रति उद्यमी मासिक कमाई हुने सुशिला बताउँछिन् । उनी भन्छिन् ‘लप्सी उत्पादन हुने सिजनमा काम गरेरै भ्याइन्न । तर आज भोली माग भए जती पुर्‍याउन कठिन हुन्छ ।’

फटकशीलाकी राधिका मिजार र बविता तामाङ ढाका बुन्ने काम गर्छन् । उनीहरु सँगै अन्य ११ जना पनि ढाका बुन्ने काम गर्छन् । महिलाहरुले सामुहिक नमुना ढाका बुनाई लघु उद्यम सुरु गरेको थोरै समयमै उद्यमी र उद्योग दुवै फस्टाएको छ । नेपाली ढाकाको माग धेरै भएको र माग अनुसार पुर्ति गर्न नसकेको बताउँछिन् बविता तामाङ । ‘हाम्रा दिदीबहिनीहरु बिदेशमा मात्र पैसा देख्छन्, सीप र मेहनत भए हामीसामु पनि अवसर छन् भन्ने नबुझेर दुख पाँउछन् ।’ आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारमा जाने महिलाहरुलाई उनको उद्यम समुहमा आवद्ध हुन अनुरोध गर्दै उनी भन्छिन्, ‘परिवार सँगै बसेर प्रशस्तै आम्दामी गर्न सकिन्छ ।’

IMG_20160607_092842

पौरखी लप्सी क्यान्डी र  नमुना ढाका बुनाई लघु उद्योग दुवैलाई सीप विकास तथा प्रारम्भिक प्राविधिक सहयोग अस्ट्रेलियन एड तथा युएनडिपी को सहयोगमा शीघ्र उद्यम पुनरोत्थान परियोजनाले गरेको हो । परियोजनाले महिला उद्यमीहरुलाई सक्षम बनाई आत्मनिर्भरताको बाटोमा पुर्‍याएकोमा खुसी व्यक्त गर्दै अरु महिलाहरुलाई पनि उद्यमी बनाउने जमर्को रहेको उद्यमीहरु बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: