महिला खबर
काठमाडौ । रोटरी जर्नल अवार्ड २०१६ तीन जना पत्रकार महिलाले पाउने भएका छन् । त्यसमा स्वास्थ्यमा योगदान पुर्याए बापत इमेज च्यानलकी शैलजा सिंहले पाउने भएकी छिन् । आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्याएकोमा कारोवार दैनिककी राधिका ढकाल र महिलाका विषयमा योगदान पुर्याएकोमा सञ्चारिका समूह चितवनकी सिर्जना अर्याल छन् । त्यसै गरी शिक्षामा शुर्दसन सिग्देल, वातावरणमा प्रमोद कुमार टन्डन र मुलधारको पत्रकारिताबाट रेडियो नेपालका हरि शर्मा पराजुली छन् । जुरीमा सञ्चारिका समूह, नेपाल आर्थिक पत्रकार समाज, वातावरण पत्रकार समूह, शिक्षा पत्रकार समूह लगायतका ६ वटा संस्था थिए । पुरस्कारको राशी जनही २५ हजार छ । पुरस्कार असार ३ गते वितरण गरिने आयोजकले जनाएका छन् ।
Comment Here!