बढ्दो बालश्रम अन्त्य चूनैतिपूर्ण


प्रकाशित मिति :2016-06-13 11:04:41

महिला खबर

काठमाडौँ । समाजमा बढ्दै गएको बालश्रम अन्त्य गर्न राष्ट्रिय बाल क्लब सञ्जालले अपिल गरेको छ ।

“बालश्रमको अन्त्यका लागि श्रमको क्षेत्रमा रहेका बालबालिकाको उद्धार पुनःस्थापना भई जीवनमा सकारात्मक परिवर्तन ल्याउने, भविष्य सुनिश्चित हुने र नतिजामुखी कार्यक्रम ल्याउनु जरुरी छ र पूर्णरुपमा कानुन, नीति नियमलाई कार्यान्वयन गर्नु आवश्यक छ”– अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध विश्व दिवसका अवसरमा सञ्जालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले जनाएको प्रतिबद्धता र सरकारले बालबालिकासम्बन्धी ऐन, २०४८ र सोको नियमावली, २०५१ बालश्रम ९ निषेध र नियमित गर्ने ऐन, २०५६ र सोको नियमावली, २०६२ कार्यान्वयन गरिरहेको भए पनि व्याप्त गरिबी र चेतनाको अभावका कारण  समस्या अन्त्य गर्न चुनौती रहेको सञ्जालको भनाइ छ ।

बाल सम्बेदनशीलतालाई ध्यानमा राखेर बालबालिकाको समस्या र मुद्दामा सरकारी निकाय, गैरसरकारी निकाय, अभिभावकलगायत सम्पूर्ण सरोकारवालालाई बालबालिका माथि हुनसक्ने हिंसा, श्रमशोषण अन्त्य गर्नका लागि सबै सरोकारवाला व्यक्ति, निकाय एक भएर अगाडि बढ्नसमेत सञ्जालले अपिल गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: