महिला खबर
मोरङ । नेपाली काँग्रेसका नेता शैलजा आचार्यको स्मृति दिवशका अवसरमा कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको छ ।
मोरङको शिसवनीमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्रजातन्त्र सेनानी तोलेन्द्रमानसिंह प्रधान, समाजसेवी सुरेश शर्मा, प्रजातान्त्रिक यौद्धा उमा शर्मा रहनुभएको छ ।
कार्यक्रममा समाजसेवी मोहनलाल महतो र गुठीकी अध्यक्ष मीता आचार्य, सो क्षेत्रबाट निर्वाचित सांसद अमृत अर्यालले प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता आचार्यले गर्नु भएको योगदानको चर्चा गर्दै उहाँको निष्ठा र आर्दशको मार्गमा चल्नु पर्ने धारणा राख्नु भयो ।
Comment Here!