लैङि्गक हिंसाविरुद्ध सांस्कृतिक कार्यक्रम  


प्रकाशित मिति :2016-06-13 11:35:29

सर्मिला बुढाथोकी
दोलखा । लैंङ्गिक हिंसा अन्त्य गर्न आमा बुबाको भूमिका के हुन सक्छ भन्ने विषयमा दोलखाको लापिलाङ गाविसमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

लापिलाङ बाल संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रम तथा नाटकमा समाजमा हुने गरेको लैङ्गिक हिंसाको स्वरुप र त्यसको अन्त्यको लागि परिवारको तर्फबाट आमा बुबाले निर्वाह गर्नुपर्ने भूमिकालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउराली प्रावि प्रथम, गुँरासे प्रावि द्वितिय, भगवती निमावि तृतिय र बलम्बु निमावि सान्त्वना भएको थियो । त्यसैगरी नाटक प्रतियोगितामा लापिलाङ उच्च माध्यामिक विद्यालयको कालिञ्चोक वाल क्लब प्रथम, बलम्वु निमाविको युनिक वाल क्लव द्वितिय, भगवती निमाविको नमुना बाल क्लव तृतिय र गुर्जपा निमाविको लालिगुरास वाल क्लब सानत्वना भएको थियो ।

लापिलाङ बाल सञ्जालका अध्यक्ष समिर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वाल सञ्जालका सचिव पवित्रा थापा, लापिलाङ उमाविका प्रधानाध्यापक केदार बहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: