न्यायको खोजी गर्दै


प्रकाशित मिति :2016-06-13 16:27:16

निरज सापकोटा

Aged womenoa
रामेछाप । तामाकोसी गढतिरको मन्थली बजार, जेठ महिनाको प्रचण्डगर्मीको दिउँसोको घाममा त्रिपालको छहारी । छहारी मुनी भेटीइन् काखमा दुधे बालकलाई दुध चुसाउँदै गरेकी (हरीमाया) नाम परिवर्तन । पसिनाले निथ्रुक्क भिजेको शरीर भोकले छट्पटाई रहेको छोरोलाई फुल्याउन व्यस्त थिइन् उनी ।उमेरले पैँतीस वर्ष । दुई छोरीको विवाह भएर बच्चाबच्ची छन् । जेठो छोरो  हजुरअामासँग छ । कान्छी छोरी र दुधे छोरो साथमा छ । परिवार र समाजले भिराएको बदनामको भारी पनि।

‘कथा व्यथा सोध्न र सुन्न धेरै आए । धेरैलाई आफ्नो कथा सुनाएँ । तर कतैबाट मेरो समस्या समाधान भएन’– उनको छहारीमा पुग्दा गुनासो पोखिन् । बिहान मागेर ल्याएको खानेकुरा हतार हतार गरी छोरा छोरीलाई खुवाएर विद्यालय पठाउनु उनको पहिलो कर्म बनेको छ । त्योसँगै काखको सानो छोरो फकाउनु त छँदै छ । दिनभरी आफ्नो कहानी र विगत सम्झाउन बाध्य पार्ने एनजीओकर्मी र पत्रकार सामु पीडाको पोको फुकाउनु , न्यायका लागी पहल गरिदिन आग्रह गर्नू , बेलुका फेरी बच्चा बच्ची फकाउँदै बहिनीको घरको शरणमा पुग्नु, विगत तीन महिनादेखिको उनको दैनिकी बनेको छ ।

विवाह गरेको २२ वर्ष पुग्दै थियो । बैशाखमा आएको बिनाशकारी भूकम्पले उनको घर भत्काएपछि, वर्षौंपछि उनी सासू सहित एकै टहरामा बस्न थालिन् । एक पटक मन नमिलेर छुट्टिएको परिवारसँग फेरी सँगै बस्न सजिलो थिएन । तै पनि सँगै बस्नु उनको बाध्यता बन्यो । भूकम्पले सबैलाई छाप्रामुनि ल्याईदियो । छुट्टिएको परिवार एकै ठाउँमा आइपुग्यो । श्रीमानले विदेशबाट पैसा कमाएर पठाएकोले परिवारको जीवन धानीरहेकी थिइन् । नयाँ घर बनाएर छिटोभन्दा छिटो सर्ने चाहाना थियो ।

 जोडिएको परिवारसँगै खुशीसाथ छाप्राेमा बस्दै थिईन् । सासु आमाको रुप हुन्छ । तर सासुले उनलाई बुहारी रुचाइनन् जसले गर्दा परिवार तितरबितर भयो । जोडिएको परिवार यसरी टुक्रियो फेरि जोडिनलाई दुनियालाई गुहार मागीहिँड्नु परिरहेको छ । उनले भनिन् ‘ छुट्टिएको परिवारलाई भुकम्पले जोडाएको थियो ऐले म एक्लै छु ।’

सासुले परपुरुषसँग सल्केकी भनेर गाउँले जम्मा गरेर त्यही छाप्राेबाट पनि निकालिन् । दुधे छोरो पनि खोसेर राखिन् । बिना गल्ती, झुटो आरोप सहित आफुलाई छाप्राेबाट निकाला गरे । घटना पछि उनी सहायताको लागि विभिन्न निकायमा पुगिन् । ओरेक नेपाल भुकम्प पछि तत्कालका लागि सहयोग गर्न रामेछापमा कार्यालय खोलेर बसेको थियो । त्यही केन्द्रले उनलाई अलिक समय भएपनि बस्न सहयोग गर्‍यो । तर त्यो पनि केहीबेरको लागि न्यानो जस्तोमात्र भयो ।

ओरेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको बताउँछिन् । स्नेह केन्द्र र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त प्रयासमा घरबाट छोरीहरु र छोरा झिकाएर मेलमिलाप गराई उनलाई घर फकाईयो । मेलमिलाप गर्ने ठाउँमा उनको सासु आइनन् । उनी छोरा छोरीको साथ छाप्राे पुगिन् । छाप्राे घरमा पुगेपछि सासुले  सार्वजनिक स्थानमा टहरो बनाएर बस्न थालिन् ।

श्रीमानको सहयोगमा घरपरिवार चलाईरहेकी उनलाई अब श्रीमानले खर्च त परै हो फोन सम्म गर्दैनन । समाजले पनि पानी नचल्ने बनाएको छ उनलाई । वास्तविकता भन्दा पर गएर समाज उनी विरुद्घ खनिएको पिडा उनको रुवाईको हिक्काले सुनाउन सकिरहेकी थिइनन् । सासु र अरुको कुरा सुनेर श्रीमानले एकोहोरिएकोमा उनी अचम्भित र थप पिडित भएकी छिन् । तर उनको श्रीमान उनीसँग आउने आशामा छिन् । अहिले दुधे छोरो र सानो छोरी साथमा छन् । यी दुई बच्चालाई हुर्काउन उनी हरसम्भव प्रयास गरिरहेकी छिन् । बच्चालाई पर्याप्त दुध नआएपछि थप समस्यामा छिन् । भन्छिन् ‘काखे छोरालाई दिनहुँ दुध किनेर खुवाउनुपर्छ । मैले यीनीहरुलाई कसरी बचाएर पढाउनु ?’

उनी अझै न्यायको लागि विभिन्न निकाय, संघसँस्था धाईरहेकी छिन् । उनको लागि पकाएर खान त्रिपाल छ तर रात बित्दैन । बहिनीको घरमा रात काट्न शरण लिन बाध्य छिन् । भन्छिन् ‘बात पो लाग्या हो त मैले विराएको छैन, त्यैभर त्रिपालमा सुत्न डर लाग्छ ।’ अहिले उनलाई आफनो र दुई बच्चाको ज्यान जोगाउनको लागि कठिन भएको पिडा सुनाउँछिन् । ‘मेरो यी दुई बच्चालाई कत्तिन्जेल यसरी मागेर पाल्नु यस्तै हो भने त म आफै पनि नबाँचुला ।’ श्रीमान आएर खानेबस्नेको टुङगो लगाईदिए मात्र बाँच्ने अवस्था भएको बताउँछिन् । उनी निष्पक्ष न्याय दिने निकाय र पाउने खोजीमा निरन्तर छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: