सुमित्रा कोईराला
उदयपुर । जिल्ला अदालत उदयपुरले बोक्सीको आरोपमा सार्वजनिक स्थानमा दुव्र्यवहार गर्ने एक महिलालाई ६ महिना कैद सुनाएको छ । जिल्ला अदालतले भलायडाँडा गाविस–३ की २६ वर्षीया मीनाकुमारी तामाङलाई ६ महिना जेल र ५ हजार जरिबानाको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश राजकुमार कोईरालाको इजालासले तामाङलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको श्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए । उक्त मुद्दाका आरोपित सुनमाया तामाङ र गौरबहादुर तामाङले भने अदालतबाट सफाई पाएको अदालतले जनाएको छ । अदालतले गत माघ १० गते गौरबहादुरलाई पूर्पक्षका लागि थुनामा र मीनाकुमारी र सुनमायालाई १४ र १४ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरूले ०७२ पुस १७ गते एक महिलालाई बोक्सीको आरोप लगाई सार्वजानिक स्थानमा दुव्र्यवहार गरेको आरोप लागेको थियो । घटनापछि पीडित महिला गाउँबाट विस्थापित भएकी थिइन् ।
Comment Here!