महिला खबर
इलाम । औलो प्रभावित इलामका बाँझो, महमाई र दानाबारी गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कीटनाशक विषादीयुक्त झुल उपलब्ध गराएको हो । स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाँच गराएपछि उक्त स्वास्थ्य संस्थाबाट झुल उपलब्ध गराइँदै आएको पनि कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार झापा जिल्लासँग सीमा जोडिएका इलामका गाविस बढी प्रभावित भएकाले जिल्लाका चुरे क्षेत्रका गाविसमा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । औलो रोग पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो
Comment Here!