महिला खबर
दोलखा । भ्रष्टाचार नियन्त्रणको लागि सचेतना अभियान सञ्चालन गर्न मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले दुई दिने समकक्षी शिक्षा सहजकर्ता तालिम आयोजना गरेको छ ।
तालिममा पुशपती कन्या मन्दिर मावि चरिकोट, महेन्द्रोदय उच्च मावि माटी, सितापाइला उच्च मावि जफे र कालीनाग उच्च मावि सुनखानीका पाँच जना छात्राको सहभागिता रहेको थियो । विद्यालयमा समकक्षी (दौतरी) मार्फत भ्रष्टाचारविरुद्धको अभियान सञ्चालनका लागि सहजकर्ता तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हुराडेकको कार्यक्रम अधिकृत शेरबहादुर भुजेलले बताउनुभयो ।
हुराडेक नेपाल दोलखाले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गर्दै आएको राष्ट्रिय सदाचार प्रर्वद्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको तालिमका सहभागि छात्राले आफ्नो विद्यालयमा गएर कम्तिमा पनि २ सय समकक्षी दौतरीलाई भ्रष्टाचारविरुद्धको अभियान, सदाचार पद्धती, नेपालमा भ्रष्टाचारको अवस्था, सार्वजनिक निकायले प्रदान गर्ने सेवा सुविधा, सूचनाको हक, सामाजिक उत्तरदायित्व, नागरिक वडापत्र, मानव अधिकारलगायतका बारेमा जानकारी गराउने अधिकृत भुजेलले बताउनुभयो ।
Comment Here!