नागरिकता नपाएपछिको सास्ती


प्रकाशित मिति :2016-06-14 15:23:48

यमुना खनाल
सिराहा । ‘दिनमा भोक लाग्छ न रातमा निंद्रा लाग्छ ।’ पीरले सुकेको शरीर निन्याउरो अनुहार । बाल कुमारी हरेश खाएको आवाजले भन्दैथिईन् । एसएलसी दिएपछि अरुको छोराछोरी कक्षा तयारीको लागि भनेर पढ्न गएको देख्छिन् । तर आफ्नो छोरा भने मजदुरी गर्न जान्छ । उनी पनि छोरोलाई पढाउन चाहान्छिन् । तर उनको चाहाना अभावले पुरिएको छ । सिराहा लाहानकी बालकुमारी लिम्बुकोे ।

बालकुमारीको दाम्पत्य जीवन सामान्य चलिरहेको थियो । खुशी थिइन् । एकदिन उनको श्रीमानको एक्कासी मृत्यु भयो । त्यही दिनदेखि उनको दुख शुरु भयो । श्रीमान नभएपनि उनी श्रीमानको परिवारसँगै बसिरहेकी थिईन् । तर श्रीमान नभएपछि उनलाई परिवारले निको मानेन । उनलाई विभिन्न लाञ्छना लगाउँदै कुट्नेपिट्ने गर्थे । तेह्र वर्षसम्म सहेर बसिरहिन् । उनलाई ज्यादै हिंसा गर्न थालेपछि दोस्रो विवाह गरिन् । दोस्रो श्रीमानसँग विवाह गरिन् तर उनको घर अहिले सम्म गएकी छैनन् । दास्रो श्रीमानबाट जन्मेको छोराले यसपाली एसएलसी दिएका छन् । श्रीमानसँग नाता कायम गरेकी छैनन । नागरिकता बनाएकी छैनन् । छोराको जन्मदर्ता छैन । श्रीमानले आफ्नो घर तेह्रथुम भनेपछि घर जान खोज्दा पछि जाउँला भन्दै टारिरह्यो बालकुमारीलाई । काम नगर्ने श्रीमान । छोरा पनि मुस्किलले ज्याला मजदुरी गरेर आफै हुर्काइन् । डेढ वर्ष भयो श्रीमान घर जान्छु भनेर हिँडेको फर्केका छैनन् ।

नागरिकता नभएकोले क्याम्पस पढाउन नपाउने भनेको सुनेकी बालकुमारी अवरुद्घ गलाले भन्छिन् ‘ दिनमा ५० रुपैयाँ कमाएर पढाएको छोराले आबो क्याम्पस पढ्न नपाउने भयो नानी ।, खै के गर्नु केही था छैन ।’ उन्ले छोराको नागरिकता बनाउनलाई जाँदा प्रशासनले जन्मदर्ता खोजेपछि जन्मदर्ता गर्न बुवाको नागरिकता खोजेको बताउँछिन् । उनी आफ्नो विवशता पोख्छिन् ‘ आबो म ठेगान नभएको मान्छेलाई काँबाट खोजेर ल्याँउ ?’ नागरिकताको महत्व नबुझेर बालकुमारीले माईतीबाट पनि नागरिकता नभएपछि झनै समस्यामा परेको बताउँछिन् । श्रीमानले नागरिकता नबनाईदिएपछि बालकुमारीको जस्तो समस्या भोग्न बाध्य महिला धेरै छन् समाजमा ।

सिराहा बेलाहाकी कारी दास अर्को उदाहरण हुन् । उनी पनि श्रीमानको मृत्यु भएपछि घरेलु हिंसामा परिन् । उनलाई श्रीमानको मृत्युको कारण दोष भन्दै घरबाट निकाले । घरबाट निकालिएपछि उनी बेसाहारा बनिन् । सानो दुधे छोरीलाई लिएर मजदुरी गर्न थालिन् । अहिले छोरी स्कुल जान थालेकी छन् । स्कुलले छोरीको जन्मदर्ता खोजेकोले उनलाई चिन्ताले सताएको बताउँछिन् । भन्छिन् ‘मेरो विहेदर्ता बनाएको छैन अनि श्रीमानको बाट नागरिकता पनि छैन कसरी जन्मदर्ता बनाउनु ?’ उनलाई श्रीमानको मृत्यु दर्ता गरेपछि घरपट्टिका पाँच जनाले सरजिमिन गरिदिने र परिवारको सदस्य मध्ये एकजना साक्षी बसे नागरिकता पाउने कानुनमा ब्यबस्था भएको पनि थाह पाएकी छिन् । तर उनका श्रीमानका घर परिवारले सम्पत्तिमा हक दाबी गर्ने डरले नागरिकता बनाइदिन नमानेपछि उनले नागरिकता नपाएको बताउँछिन् ।

जिल्ला प्रशासन कार्यलय जाने गरेको जिल्ला प्रशासन कार्यलय सिरहामा दैनिक जसो ३ जना महिला श्रीमानले नागरिकता नबनाईदिएको समस्या लिएर आउने गरेका जिल्ला प्रशासन कार्यलय सिरहाका प्रशासकीय अधिकृत बासुदेब यादवले जानकारी दिए । उनले भने ‘ धेरै महिलासँग विवाहको कानुनी आधार हुँदैन । यसको प्रमुख कारण महत्व नबुझनुले हो ।’ उनी भन्छन् ‘ नागरिकताको आवश्यकता नपरिन्जेल महिला नागरिकता बनाउन खोज्दैनन् । हुन त चेतनाको पनि अभाव छ ।’

प्रशासन प्रमुख यादवका अनुसार नागरिकता किन र हामी महिलालाई भन्ने मानसिकताले समस्या बढाएको छ । परिवारले नागरिकता बनाईदिन नमानपनि विवाह भएको फोटो, भिडियो, संगै खिचेको फोटो ,त्यो पनि नभए निजको वडाका  दश जनाले विवाह भएको हो भनेर सरजिमिन गरी गाबिस वा नगरपालिकाको सिफारिस सहित जिल्ला प्रशासन कार्यलयमा प्रमाण सहित प्रहरी अनुसन्धानमा प्रमाणित भए त्यस्ता महिलालाई नागरिकता दिने गरेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: