मुगुका महिला सक्रिय


प्रकाशित मिति :2016-06-14 16:06:34

महिला खबर
1कालिकोट । मुगु जिल्लाका सोरु भेगका स्थानीय महिला आयआर्जन मुलक व्यवसायमा अग्रसर हुन थालेका छन् । स्थानीय स्तरमा भेडा, बाख्रापालन, घोडीपालन तथा भैसीपालनमा स्थानीय महिला आकर्षित हुन थालेको हुन् ।

गरिबी निवारण कार्यक्रम अन्र्तगत स्थानीयस्तरका आयआर्जन विकासका लागी सहयोग प्राप्त भएपछि स्थानीय महिला बिभिन्न किसिमका पेशा व्यवसाय अगाँलेर आयआर्जनका क्रियाकलाप संलग्न हुन थालेका छन् । स्थानीय पदमबहादुर शाहीले भने ‘महिलाको आयमुलक काममा उत्साहपुर्ण सहभागिता देखिएको छ । यो सकारात्मक हो ।’

गरिवी निवारण कोष अन्र्तगत जिल्लामा सहजीकरण गरिरहेका जिल्लास्थित जनकल्याण अनुसन्धान तथा बिकास केन्द्रको सहजीकरणमा व्यवसाय लगानीका लागि स्थानीयले रकम प्राप्त गरेका हुन् । स्थानीय स्तरमा शुरु गरिएको बाख्रापालन तथा अन्य व्यवसाय समेत फस्टाउदै गएको सोरु भेगको जिमा गाविसकी औला रोकायाले बताइन् । व्यवसायले आम्दानी मात्रै नभएर परिपक्व पनि बनाएको फोतु गाविस–५ सौमती कामीले बताइन् । सामुदायिक महिला संस्था सदस्यहरुले व्यवसायबाट आम्दानी भएको रकम मासिक रुपमा जम्मा गर्ने गरेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: