संयुक्त परिवारमा थारु महिलालाई समस्या


प्रकाशित मिति :2016-06-15 11:42:00

कृषि कार्यमा बढी व्यस्त हुने थारु समुदाय कामकै लागि सयुक्त परिवारमा बस्ने गर्छन । सयुक्त परिवारमा बस्दा कतिपय अवस्थामा घरका महिला सदस्यहरु समस्यामा पर्छन  उनीहरुको लागि अलग्गै व्यवस्था नगर्दा दुःख पाउने गरेका छन् । 

दिलबहादुर चौधरी
कैलालीको टीकापुर नगरपालिका–९ बनगाउकी रामकुमारी चौधरीको नगरपालिकाभित्रै तीन विगाह जमीन छ ।  सम्पत्ति छ । जग्गाको स्रोत र खेतवारीबाट उत्पादन भएको उब्जनीले वार्षिक एक लाखसम्म आम्दानी हुन्छ । टीकापुरको ब्लक नं. २५ मा विकास टायल उद्योगबाट पनि वार्षिक ४ लाखसम्म मुनाफा आउछ । तर घरकी जेठी बुहारी राजकुमारीले देवरसंग न व्यापारको पैसा माग्न सक्छिन न घरका वस्तुको उपभोग नै गर्न पाउछिन् किनकी घरको खटनपटन सबै ससुराको आदेशानुसार चल्छ ।

‘आफनो हातमा डाडुपन्यु न खा भन्ने को छ ?’ भन्ने नेपाली उखान पनि राजकुमारीका लागि अमिल्दो भएको छ । बाहिरबाट हेर्दा सबै चिज पुगेजस्तो देखिएपनि १४ जनाको परिवारमा बसेकी राजकुमारीले आफूले इच्छाएको खानुकुरा पेटभर खान पाउँदिनन् । घरकै भान्सामा पाकेको र आँखाले देखेको सुविधा प्रयोग गर्न नपाउदा दिक्क लाग्ने राजकुँमारी बताउँxxछिन् । राजकुमारीका श्रीमान् जंगबहादुरको श्रीमतीलाई केही सीप सिकाइ दिने रहर छ । घरबाट पाइने पैसाले दुई छोराछोरीलाई पढाउन मात्र ठिक्क छ । आफू बेरोजगार, श्रीमतीलाई सीप सिकाउन परिवारको अनुमति चाहिने तर अनुमति नपाइने भएपछि जंगबहादुरको योजना मनभित्रै सिमित छ ।

घरमा आफू जेठी बुहारी भए पनि आफूले सधै अर्काको इसारा र आदेशमा घरमा काम गर्नु परेको राजकुमारीलाई मन परेको छैन् । पहिलो एक्लैले काम धानेपनि क्रमशः माइली र कान्छी बुहारी भिœयाएस“गै अहिले घरको जिम्मेवारी ससुरा, कान्छी बुहारी र छोराले सम्हालेको राजकुमारी बताउ“छिन् ।

पैसा चाहिएपनि आफूभन्दा साना बुहारी र देवरसंग पैसा माग्न नसक्दा राजकुमारीले आफू अभावमा बाँचिरहेको महसुस गरेकी छिन् । कुनै बेला माइत जादा आमाबुवालाई कोशेली लैजादा पनि घरको सम्पति बोकेर माइत लैजाने भनेर गाली गर्नै गरेको उहाँले बताउनु भयो । आफूमाथि विभेद भएको महसुस गरी २०६६ सालमा छुट्टिएर एक्लै बसेपनि मानसिक यातना दिने गरेको राम कुमारीले बताउँछिन् ।

रामकुमारीका ससुरा बलराम बुहारी धेरै भएकाले सबैको इच्छा अनुसार काम लगाउन गाह्रो रहेको र  छोराहरु कुनै आय नगर्ने र तीन बुहारी ल्याएर घरमा बसिरहने भएकाले आफु एक्लैको कमाइबाट सबै बुहारीले भने अनुसारको गर्न नसक्ने बताउँछन् ।

टीकापुर–९ बनगाउका नक्कुराम चौधरी सिलाइकटाई सिकेकी श्रीमती बिनालाई पसल खोल्न चाहन्छन् । दुई भाइ अरु काममा लागेकाले प्रमाणपत्र तहको पढाइ गरेका नक्कु घरकै काम गरी बसेका छन् । आफ्ना लागि पनि नगद कमाइ हुने काम शुरु गर्ने सोंच राखेका नक्कुले त्यसो गर्न पाएका छैनन् । बिनाका ससुरा कमाइ खाने जग्गा जमीन बनाएको बताउँछन् । घरमा सहमति भए लुगा सिलाइ गर्ने मेसिन किन्न गाह्रो नभएपनि घरकी जेठी नै घरभन्दा बाहिर काम गरे घरको हालत के होला भनेर हकार्ने गरेका छन् ।

  खानपिनमा सौखिन थारु समुदायको भान्सामा महिलाले धेरै काम गर्नुपर्छ । जसको भान्साको पालो आयो उसैको  खाना पकाउने र खुवाउने जिम्मा हुन्छ । पालो अनुसार काम गर्ने महिला खटिने हुनाले एकले अर्काको काम गर्न पाउँदैनन् । यस्तो पालोमा खाशगरी गर्भवती र विरामी महिलाले सास्ती पाउनु परिरहेको छ । यसरी गर्भवती भएको अवस्थामा घर देखि  भान्सासम्मको पालोले अस्वस्थ बच्चा  जन्माउन पुगेको बनगाउकै माया चौधरीले बताइन् । घरको काममा लाग्दा लाग्दै पहिलो बच्चा अपुर्ण र अस्वस्थ  जन्माएकोमा आफुलाई निकै घृणा र दुख लागेको बताइन् ।

महिलाले घरमा सधै चिज तयार गरेपनि त्यसको उपभोग गर्न पाउँदैनन् । थारु समुदायमा घर बाध्ने वा घरको सुरक्षाको लागि पूजा गर्ने पूजामा लाग्ने हरेक सरसामान महिलाले तयारी गर्छन् तर घरमा महिला नसुतेसम्म पूजा नै हुदैन । पूजामा प्रयोग भएका बली लगायतमा बस्तुको पुरुषले मात्र उपभोग गर्ने चलन छ ।

यस्तै वडा दशैको महाअष्टमीको दिन पनि पितृ कार्यमा प्रयोग भएको पूजाको खाद्य बस्तुहरुको उपभोग पुरुषले मात्र गर्ने गरिन्छ । यस्तै कसैको पुण्य तिथी तथा  धरमभात वा प्रसाद ग्रहणको समयमा पनि  खानाको बन्दोबस्ती लगायतको कार्य महिलाले सम्पन्न गरेपछि पहिले पुरुषले पूजा सहित पुण्य गर्ने र त्यसपछि मात्र महिलालाई पालो दिने  सस्कार छ । यस्ता चलनले पनि महिलालाई समस्यामा पारेको छ ।

संयुक्त परिवारमा बसेकी टीकापुर नगरपालिका–९, दशघरुवाकी मनिता चौधरी घरकी जेठी बुहारी हुन् । उनका अहिले तीनवटा देवर, नन्द, सासूससुरा छन् । तर उनलाई छोराछोरीलाई पढाउन, लेखाउन देखि लिएर खानेकुराको जोहो गर्नमा समेत निकै कठिनाइ भएको छ । घरमा खेती किसानीको काम गर्ने र अधियाबाट आफ्ना बालबच्चाहरुलाई पालन पोषण गर्ने जिम्मा उनैलाई छ । मीठो खानेकुरा पाकेको दिन काम बनाएर केटाकेटीलाई बाहिर पठाउने गरेको दुखेसो गर्छिन् । परिवारले सहयोग नगर्ने भएपछि आफ्नै कमाइ छुट्टै राख्ने चलन पनि छ । तर थारु संयुक्त परिवारको समुदायमा यसलाई राम्रो मानिदैन । मनिता कहिलेकाही“ फुर्सद निकालेर मजदुरी गर्न टीकापुर बजारमा आउने गर्छिन् । मजदुरी वापतको पैसा उनी आफ्ना छोराछोरीहरुको पढाइ खर्चका निम्ति पेवा गर्ने गर्दछिन् । जसबाट उनका दुई छोराछोरीलाई अहिलेसम्म पढाइ खर्च र अन्य खर्च भ्याएकी छिन् ।

‘जसले मह काट्छ उसले मह चाट्छ’ तर थारु समुदायमाका महिलाले कुनै आम्दानीको स्रोतमा लागे भने घरका अन्य सदस्यले कहिलेकाही“ गर्दैछ भनेर गर्न नदिने चलन छ ।  जसले गर्दा थारु महिलाहरुले घरको चुलोचौको, खेतीपाती र बालबच्चा स्याहारसुसार गर्ने काममा सिमित छन् ।

थारु समुदायमा अहिले विभिन्न आमा समूह, महिला समूहमा यस्ता विषयमा छलफल हुन थालेको छ । अनुभव आदान प्रदान गर्ने र समूहमा गरेको सानो बचतले आफ्ना समस्या पनि टार्न थालेका बनगाउ प्रगतिशील टोलका बड्घर तेजबहादुर चौधरीले बताउँछन् । यसरी गाउ“घरमा महिलाको बैठक हुँदा महिलाले घरमा भन्न नसकेको कुराहरु समूहका साथीसंगीलाई बताउँदा महिलाको समस्या समाधान गर्न सहज भएको समाजसेवी रामप्यारी चौधरीले बताइन् ।

सञ्चारिका सुदूरपश्चिम फिचर सेवा
(चौधरी कैलालीको टीकापुरस्थित सामुदायिक रेडियो टीकापुर एफएममा कार्यरत पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: