महिला लक्षित बजेट कता ?


प्रकाशित मिति :2016-06-15 11:47:08

महिला खबर
कपिलवस्तु । राज्यको मुल प्रवाहिकरणमा आउन नसकेका समुदायको हितको लागि राज्यले छुट्टै वजेट विनियोजन गरे पनि त्यो वजेट समुदायका महिलाका लागि खर्च नहुने बताईएको छ । विनियोजित बजेटमा महिला अधिकार र महिलाको पहुँच विषयक अन्र्तपार्टी महिला सञ्जालले गरेको तौलिहवा नगरस्तरिय भेलामा सहभागीले यस्तो बताएका हुन्  ।

भेलामा सहभागीले महिला लक्षित बजेट महिलाकै हितमा खर्चिनु पर्ने जोड दिएका छन । कार्यक्रममा महिला समन्वय समितिका उपाध्यक्ष माधुरी श्रेष्ठले महिला लक्षित बजेटलाई परिणाममुखी र उद्देश्यमुखी बनाउनु पर्ने बताइन् । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका सल्लाहकार समितिका संयोजक विमला घिमिरेले विगतका दिनमा महिलाको वजेट सडक , भवन निर्माण जस्ता काममा लगाईए पनि यस वर्ष महिला लक्षित वजेट महिलाकै हितमा प्रयोग भएको बताइन् । उनले भनिन् ‘यो वर्ष महिलाको लागि विनियोजित वजेट महिलाकै जागरणको लागि खर्च हुने छ ।’ सञ्जालकी जिल्ला अध्यक्ष सन्तोषी पाण्डेले सञ्जालले महिला जागरणको लागि गाउँस्तरीय कार्यक्रमहरु गर्ने तयारी रहेको जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: