विदुर आचार्य
सिन्धुपाल्चोक । राहत, पुनर्लाभ तथा पुन निर्माण प्रक्रियामा लैङ्गिक रुपमा संवेदनशील निर्देशिका निर्माण गर्नुपर्ने सरोकारवालाहरुले आवाज उठाएका छन् । विकास साझेदारसहित स्रोत परिचालन सम्वन्धी छलफलसहित राहत र पुन निर्माणका सवै चरणमा महिला, महिला समुहसँग व्यवस्थित र संस्थागत समन्वय आवश्यक रहेको सहभागीहरुले औल्याएका हुन् ।
साथी संस्था र महिला आत्मनिर्भरता केन्द्रको संयुक्त आयोजनामा मंगलवार सदरमुकाम चौतारामा आयोजित लैङ्गिक सवालहरुलाई सम्वोधन गर्न सरोकारवालाहरुको भूमिका विषयक कार्यशालामा महिलाका आवश्यकतालाई सम्वोधन गरेको सुनिश्चित गर्न संस्थागत, नीतिगत तथा कानुनी संरचनालाई समीक्षा गरी लैङ्गिक रुपमा उत्तरदायी बनाउन जोड दिनुपर्ने अधिकारकर्मीहरुको आवाज रहेको छ ।
विनासकारी भूकम्प पछि जिल्लामा महिलाको अवस्था थप जटिल भएको भन्दै महिलाहरुलाई कल्याणकारी तथा थप सामाजिक संरक्षण प्रदान गरी महत्वपुर्ण नेतृत्वदायी भूमिकालाई प्रतिविम्वित गराउनु अवको आवश्यकता कार्यशालाले गरेको छ । कार्यक्रमा वोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले लैङ्गिक सवाल महिलाको मात्र सवाल नभएकोले लैङ्गिक समानता कायम गराउन लाग्नुपर्ने वताए । ‘घर, परिवार देखि राज्यको निकाय सम्म समान भूमिका आवश्यक छ र यसको सुरुवात परिवारवाटै हुनु जरुरी छ ।’ उनले भने,‘ हामी सवैले आफ्नै ठाँउवाट समानताको अभियान सुरु गर्यौ भने सफल हुन्छ ।’
कार्यक्रममा महिला तथा वालवालिका कार्यालयकी अधिकृत सन्ध्या राजेश्वरी सिंहले भूकम्प पछि महिला हिंसाको घटनामा वृद्धि भएकोले अब कानुनी संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिईन् ।
Comment Here!