सरु शर्मा
नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो वालमैत्री नगर घोषणा भएकोे मंगलबार एक वर्ष पुरा भएको छ । संघिय
मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका ३९ र सुनवल नगरपालिका आफैँले थप गरेका दुई वटा गरि ४१ वटा सुचक र १६ वटा सुचक पालना गरेपछि गत वर्षको जेठ ३२ गते सुनवललाई नेपालकै पहिलो वालमैत्री नगरपालिका घोषणा गरिएको थियो ।
पहिलो बालमैत्री घोषणा भएपनि अपेक्षाकृत कार्यान्वयन भने हुन नसकेको सुनवलका सरोकारवालाहरुले दाबी गरेका छन् । बालमैत्री घोषणा पछि त्यसको दिगोपना र निरन्तरताका लागि अनुगमन लगायतका काममा चासो नदिईएको सुनवलका स्थानीयको भनाई छ । अनुगमन लगायत सरोकारवालाहरुलाई परिचालनका लागि आवश्यक बजेट तथा समन्वय नमिल्दा बालमैत्री घोषणाको कार्यान्वयनमा चुनौति देखिएको सुनवल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले बताए । सुनवल बाल सन्जालकी अध्यक्ष बर्षा गैरेले एक वर्षको अन्तरालमा सवै सुचकको कार्यान्वयन, बाल श्रम न्युनिकरण, बाल विवाह न्युनिकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् ।
सुनवल नगरपालिकाका प्रमुख एवँ कार्यकारी अधिकृत माधव प्रसाद ढकालले बालमैत्री नगरको कार्यान्वयन र दिगोपनाका लागि नगरपालिका लागिरहेको बताएका छन् । उनले अपेक्षाकृत अनुगमन लगायतका कुरा हुन नसकेको स्विकार गर्दै आगामी दिनमा अनुगमनलाई तिव्रता दिने बताए ।
Comment Here!