संघर्षपछिको सफलता


प्रकाशित मिति :2016-06-15 17:17:28

सर्मिला बुढाथोकी

binaदोलखा । ‘हजुरआमाको मुन्द्रा बेचेर निर्माण व्यवसाय फर्म दर्ता गरेकी थिएँ ।’ दोलखा भुषाफेदाकी निर्माण व्यवसायी बिना अधिकारीले आफनो शुरुवाती दिन यसरी सम्झिन् । उनले गरेको संघर्षले दोलखामा पहिलो महिला निर्माण व्यवसायी स्थापीत हुन मद्घत गरेको छ । २०६५ सालदेखि निर्माण व्यवसायी पेशामा निरन्तर लागिरहेकी विना भन्छिन् ‘यो क्षेत्रमा लाग्न नै चुनौती थियो ।, लागेपछि पुरुष सहकर्मीहरुको हेपाहा प्रवृतिलाई जित्नु थप झनै गाह्रो ।’ सडक उपभोक्ता समितिको सुपर भाईजर भएर काम गरेपछि आफ्नै नामको फर्म खोल्ने इच्छा जागेको बताउँछिन् । विनाले फर्म दर्ता गर्न आर्थिक अभाव भएपछि हजुरआमाले दिएकोे मुन्द्रा बेचेर साझेदारीमा फर्म दर्ता गरी निर्माण व्यवसायको काम सुरु गरेको बताईन ।

साझेदारीमा शुरु गरेको केही समय पछि फर्म एकलौटी बनाई दोलखा विकासका लागि ‘विना निर्माण सेवा’ नामबाट कामलाई निरन्तरता दिएकी थिइन् । निर्माण व्यवसायीको अनुमतिपत्र लिएको १ बर्षसम्म परिवारलाई नबताएको विनालाई आफुले गर्न चाहेको पेशा परिवारले स्वीकार नगर्ने डर थियो । तर उनको डर विपरीत परिवारको साथ पाइन् । जसको कारण अहिले उनी दोलखाको सफल निर्माण व्यवसायी बनेकी छिन् । निर्माण व्यवसायबाट कमाएको रकम परिवारको आवश्यकतामा सहयोग गरिरहेकी छन् । विनाले सडक उपभोक्ता समितिको काम गर्दा सबै भन्दा उत्कृष्ठ भएपछि अरु महिला पनि निर्माण व्यवसायी बन्ने लहर चलेको बताउँछिन् ।

उनले फर्म दर्ता गराउँदा खिल्ली उडाउने पुरुष पनि थिए । उनीहरुका त्यस्ता व्यवहारले उनमा झन आत्मबल बढेको बताइन् । भन्छिन् ‘ती पुरुषहरुले मेरो खिल्ली नउडाएको भए सायद म यति लागिपरेर काम नगर्न सक्थे कि !’ अनुमतिपत्र प्राप्त गरेपछि कृषि विकास कार्यालयको कम्पाउन्ड निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । त्यसपछि उनलाई हाँसोको पात्र बनाउने व्यक्तिहरु उनको कामको प्रशंसा गर्न थालेको थिए । काम शुरु गर्दा धेरै समस्या भोगेको उनको अनुभव छ । उनले बिल भर्पाई मिलाउन नजान्दा घाटा व्यहोर्नु परेको थियो ।

हाम्रो समाज अझै छोरीले पनि छोरा सरह काम गर्न सक्छन् भन्ने मान्न तयार नभएको कारण महिला पछि परेको उनको जिकिर छ । भन्छिन् ‘ परिवार, समाज छोरा र छोरीविचको विभेदमा देखिन मात्रै उदार छन् ।, व्यवहारमा छैन ।’ उनको यो निरन्तर संघर्षपछिको सफलताले धैर्यतापूर्वक परिश्रम गरे सफल अवश्य भइन्छ भन्ने प्रमाणित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: