केशव पन्त
महेन्द्रनगर । भारतको दिल्ली हुदै अन्य देश हिँडेका पूर्वी नेपालका ६ जनालाई कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ । आफ्नै दाजुसँग जान लागेकी सिन्धुपाल्चोककी एक र आफ्नै बुवासँग जान लागेकी काभ्रेपलान्चोकका दुई जना युवतीको मंगलवार उद्धार गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् । उनका अनुसार बुधवार पनि सिन्धुपाल्चाकका दुई जनाको उद्धार गरिएको छ । सीमानाकामा सोधपुछका क्रममा भारतको सीमला हिँडेको भनेपछि शंका लागेर थप सोधपुछ गर्दा रोजगारीका लागि इरान र कुवेत जाने बताएपछि युवतीको उद्धार गरिएको संयोजक भट्टले बताइन ।
दिल्ली हुदै इराक र कुवेत पठाई दिने आश्वासन दिएका दलालले युवतीका आफन्तलाई भारतको बनवसासम्म पुर्याईदिन भनेपछि पुर्याउन हिँडेको उद्घार गरिएको आफन्तले बताएका छन् । दलाले युवतीहरुको आफन्तलाई कसैले सोधपुछ गरे सीमलामा काम गर्न जान लागेको भन्न सिकाएर पठाएको माईती नेपालले जनाएको छ ।
काठमाडाैंबाट दिल्लीको बसमा आएका युवतीको बसभाडा समेत दलालले व्यहोरिदिएको भेटिएको छ । अहिलेसम्म युवतीहरुले उनीहरुलाई पठाउने व्यक्तिको नाम भने नबताएको माईती नेपालले जनाएको छ । गड्डाचौकीबाट उद्धार गरिएका १८ देखि २२ वर्षसम्मका युवती अहिले माईती नेपालको संरक्षणमा रहेका छन् ।
थप समाचार…
Comment Here!