छोरामात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ ?


छोरीको जन्मदर घट्दै

प्रकाशित मिति :2016-06-16 13:48:32

महिला खबर

भक्तपुर। ‘छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ”याे प्रश्न हो भक्तपुरका विष्णु वाँस्तेलाको । नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) ले भक्तपुरमा सञ्चालन गरेको ‘बाधा तोडौँः शिशु बालिकाको अधिकार संरक्षण गरौँ’ विषयक अन्तर्क्रिया कार्यक्रममा नागरिक सञ्जालका संयोजक विष्णु बास्तोलाले छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ भन्ने ज्ञान अभिभावकलाई दिनु अति जरुरी भएको बताउनुभयाे ।  यस्ताे ज्ञान दिनसके छोरीको जन्मदर बढ्न सक्ने धारणा उहाँको थियाे ।

कार्यक्रममा सहभागीले छोरीको जन्मदर घट्दै गएको भन्दै  चिन्ता व्यक्त गरे  । उनीहरूले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका थिए । शिक्षित र सभ्य मानिएका व्यक्तिबाट नै गर्भपतन गराउने प्रवृत्ति बढ्नु चिन्ताको विषय बनेको  उनीहरूको भनाइ थियो  ।

कार्यक्रममा सिविनका कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले सामान्यतयाः १०० बालकको जन्म हुँदा १०६ बालिका जन्मनुपर्नेमा भक्तपुरको एक नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा ४६ वटा सुत्केरीका घटनामा १६ बालिकाको जन्म भएको पाइएको जानकारी दिनुभयो । उहाँले समाजमा छोरी जन्मेकै कारण अझै पनि आमा अपहेलित हुनुपर्ने अवस्था भएकाले छोरीको जन्मदर घट्दै गइरहेको बताउनुभयो ।

उहाँले छोरी मात्र जन्माएर बसेका समाजका अभिभावकलाई सम्मान गर्ने परिपाटी सरकारीस्तरबाटै हुनुपर्ने सुझाव दिँदै त्यसो हुनसके छोरी जन्माउने आमा अपहेलित हुने क्रम बन्द हुन सक्ने उल्लेख गर्नु भयो । महिला स्वास्थ्य स्वयम्सेविका यशोदा कार्कीले सहजै गर्भमा रहेको बच्चाको लिङ्ग पहिचान गर्न सकिने व्यवस्था भएकाले पनि गर्भपतनका घटना बढिरहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाको बालसंरक्षण समन्वय समितिका संयोजक राजु खत्रीले चिकित्सक नैतिक जिम्मेवार हुन नसक्दा लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति विकसित भएको धारणा राख्नु भयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले कानुनले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्यलाई पूर्णरुपमा दण्डित गरेको उल्लेख गर्दै त्यस्ता घटना प्रहरीसमक्ष जानकारी गराउन नागरिक समाजलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पौडेलले सामाजिक परम्परासँग जेलिएको समस्या भएकाले एकै पटक समाधान नहुने बताउँदै यसको न्यूनीकरणका लागि सामाजिक जनचेतना सँगसँगै कानुनी प्रावधानका बारेमा जानकारी गराउँदै लानुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: