तरकारी खेतीबाट पहिचान


प्रकाशित मिति :2016-06-16 14:07:34

सञ्जु पौडेल

Rupa 2पाल्पा । घरको सामान्य आवश्यता पुरा गर्नको लागि शुरु गरेको बाख्रा पालन तथा तरकारी खेतीले रुपा हितांगा उद्यमी बनेकी छिन् । उनी मदनपोखरा गा.वि.स. र आसपासका महिला दिदीबहिनीको लागि प्रेरणाको स्रोत बनेकी छिन् ।  निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मेकी रुपा आज भन्दा ८ वर्ष अगाडी सम्म अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँथिन् ।

गरिब दलित परिवारमा जन्मेकी रुपाको विवाह भएपछि पनि अवस्था उस्तै रह्यो । गरिबी त छँदै थियो । विवाहपछि थपियो जड्याँहा श्रीमान। श्रीमानको कारण उनले थप समस्या भोग्नुपर्‍यो । रुपा ती पिडादायी दिन सम्झिन ‘त्यसै त समाजमा दलित भनेर भेदभाव गर्ने झन श्रीमान दिनरात मातेर हिँड्ने के नहेपुन् ।’

समाजको व्यवहारले उनलाई केही गरेर देखाउन मन लागयो । दुई सन्तानकी आमा रुपा । आमा भएपछि स्वत पारिवारीक जिम्मेवारी बढछ । उनका श्रीमानको व्यवहारमा कुनै प्रगती भएन । सँधै अरुको खेतबारीमा ज्यालामजदुरी गरेर घरको छाक टार्नुपथ्र्यो । सोँचिन बाख्रा पालन शुरु गरे केही होला कि ! थोरै भएपनि पैसा आउँछ । यताउता गरेर जोहो भएको एक हजारले बाख्रा किनिन र पाल्न थालिन् । त्यहि बाख्राबाट घरको खाँचो टर्न थाल्यो । विस्तारै बाख्राको संख्या बढाउँदै लगिन । कमाई पनि बढ्दै गयो । अहिले त्यही बाख्राको आम्दानीले घरको सम्पुर्ण खर्च टर्छ । अलिअलि बचत पनि हुन्छ । बाख्रापालन बढाएपछि बाख्राबाट हुने जैविक मल पनि धेरै हुन थालेसँगै उनले तरकारी खेती पनि लगाउन थालिन् । तरकारी खेतीको लागि आवश्यक पर्ने मल आफैले पालेको बाख्राबाट पुग्छ । अहिले उनको आम्दानी दोब्बर भएको छ । तरकारी र बाख्राबाट हुने आम्दानीले परिवारको आर्थिक अवस्था दरिलो बनाएकी छिन् ।

DSC01757

उनले मौसमी बेमौसमी तरकारी खेती लगाउने गरेकी छन् । तरकारी खेतीको लागि ४ रोपनी जग्गा भाडामा लिएर शुरु गरेको खेतीबाट उनले मनग्गे आम्दानी गरेको बताउँछिन् । उनले गरेको परिश्रम र सफलता देखेर गाँउका अन्य महिलाको लागि पनि प्रेरणाकी स्रोत बनेकी छिन् । उनको जस्तै खेती गर्न अरु महिलाले पनि व्यवसायीक रुपमा तरकारी खेती थालेका छन् । अहिले गाउँमा उनको छुट्टै पहिचान बनेकोमा उनी दंग छिन् । भन्छिन् ‘ पहिला दलित केही नजान्ने भनेर हेप्नेहरु पनि आजभोली मेरो कामको प्रशंसा गर्छन् । त्यसैमा खुशी लाग्छ ।’

अहिले रुपाको श्रीमानले जाँडरक्सी छोडेका छन् । श्रीमतिको काममा सहयोग गर्न थालेका उनका श्रीमान अहिले बैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । उनले उत्पादन गरेको तरकारी र बाख्रा खशी तानसेन बजारमा बढी खपत हुने गर्छ । भन्छिन् ‘अब त बजार पनि जानु पर्दैन धेरैजसो यहीँ खरिद गर्न आइपुग्छन् ।’ बाख्रा पालन तथा ब्यवसायीक तरकारी खेतीलाई अझ बिस्तार गर्ने योजना रहेको बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: