एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक


प्रकाशित मिति :2016-06-16 18:12:44

महिला खबर

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।

नियमिततर्फ १६ हजार ४५४ जनाले  ‘ए’ प्लस ल्याएका छन् ।  ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना,  ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ‘बी’ मा ६३ हजार १८१ जना, ‘सी’ प्लसमा ९४ हजार ७१६ जना रहेका छन् । यसैगरी ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ ,  ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, ‘डी’ मा आठ हजार र ‘इ’ मा ११ रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आंशिकतर्फ  ‘ए’ प्लसमा चार जना, ‘ए’ ग्रेडमा आठ जना, ‘बी’ प्लसमा ९४ जना, ‘बी’ मा दुई हजार ९४३ जना छन् । आंशिकतर्फ कै ‘सी’ प्लसमा २९ हजार ७८०,  ‘सी’ ग्रेडमा ७५ हजार ३४०,  ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।

नियमिततर्फ उमेर नपुगेका १६ जना, सैद्धान्तिक प्राप्ताङ्क नभएको एक हजार ७३३ जना, प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क नआएको एक हजार ८०० को परीक्षा रद्द भएको १८८ र परीक्षा स्थगित (ड्रप आउट) गरेका छ हजार ८७८ जना र निष्कासनमा परेको एक जना रहेका छन् ।

यस वर्ष नियमित र आंशिकतर्फ कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ । जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: